Logo

२०८३, श्रावण २७गते


images
images

प्रगति सामुदायिक वनमा चुनाव हुने, को-को छन् आकांक्षी ? कसरी हुन्छ निर्वाचन ?

प्रगति सामुदायिक वनमा चुनाव हुने, को-को छन् आकांक्षी ? कसरी हुन्छ निर्वाचन ?

images
  • प्रगति सामुदायिक वनमा चुनाव हुने, को-को छन् आकांक्षी ? कसरी हुन्छ निर्वाचन ?
    images
    images

    देवदह । देवदह ९ घोडाहास्थित प्रगति सामुदायिक वन उपभोक्ता समुहको चौथो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको सहमति हुन नसके पछि निर्वाचन हुने भएको छ। 

    images
    images
    images

    निर्वाचन मण्डलले सहमतिका लागि बिहीवार बिहान ८ बजेसम्मको समय दिएको थियो। सो अवधीभित्र सहमति नभए पछि नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो। 

    images
    images
    images


    यसरी हुनेछ निर्वाचन 

    images
    images
    images

    देवदह नगरपालिकाको वडा नं.९ मा फैलिएको प्रगति सामुदायिक वनका उपभोक्ता समूह ५ समूहमा विभाजित छन् । नेतृत्व चयन प्रक्रियामा हरेक समुहबाट ३-३ जना गरि १५ जना चुनिने छन् । यदि पदाधिकारी सर्वसम्मतबाट चुनिन सकेनन् भने पुनः पदाधिकारीको लागि निर्वाचन हुनेछ । विधान अनुसार सहमति नभए पदाधिकारीको लागि पुनः सबै उपभोक्ताले प्रत्यक्ष मतदान गर्नुपर्ने छ ।

    ४७५ जना उपभोक्ता रहेको उक्त वनको नेतृत्वको लागि निवर्तमान अध्यक्ष चमाकान्त गौडेल, वरिष्ठ उपाध्यक्ष पुर्ण प्रसाद पौडेल, दुर्गा बहादुर राना र ईश्वरी घिमिरे अध्यक्षका आकांक्षी रहेका छन् । 

    स्रोतका अनुसार प्रगति सामुदायिक वनमा पनि देवदहका अन्य सामाजिक संघसंस्थामै झै राजनीति रुपमा दुई प्यानल खडा भएर चुनावी मैदानमा जाने देखिएको छ ।

    वडा तहको नेतृत्व चयन प्रक्रियाका लागि चैत्र १ गते निर्वाचन हुने बताइएको छ। वडा तहको निर्वाचन सकिईसकेपछी पदाधिकारीको लागि पुनः निर्वाचन हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।