Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा महिला दिवस विशेष कार्यक्रम : ५२ वटा साइकल वितरण, ४ महिला प्रहरी सम्मानित

देवदहमा महिला दिवस विशेष कार्यक्रम : ५२ वटा साइकल वितरण, ४ महिला प्रहरी सम्मानित

images
  • देवदहमा महिला दिवस विशेष कार्यक्रम : ५२ वटा साइकल वितरण, ४ महिला प्रहरी सम्मानित
    images
    images

    देवदह । मार्च ८ अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा देवदहमा महिला विशेष कार्यक्रम सम्पन्न भएको छ । उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गत देवदह  नगरपालिकाले ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विशेष कार्यक्रम सम्पन्न गरेको हो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सांसद डा. कृष्ण न्यौपानेले संविधानमा महिला हक अधिकारको क्षेत्रमा धेरै व्यवस्था सुनिश्चित भएको भएपनि पूर्णत व्यवहारमा लागू हुन नसकोको प्रति दु:ख व्यक्त गरे । समाजमा व्याप्त कुरीती अन्त्य गर्दै महिलालाई समान पहुँचमा पु¥याउनका लागि सम्पत्तीमा समान हक व्यवहारीक रुपमा स्थापित हुनुपर्ने उनको भनाइ थियो ।  IMG-20220308-WA0010.jpg

    images
    images
    images

    सोही कार्यक्रममा बोल्दै नगरका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासेले महिला अधिकारको क्षेत्रमा संविधानले प्रद्दत गरेका अधिकारहरुले धेरै सहज बनाएको धारणा राखे । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै महिला अधिकारकर्मीहरु सावित्री बस्याल, महिला स्वास्थ्य स्वयंसेवीका निर्मला चौधरी, साना किसान कृषि सहकारी देवदहकी अध्यक्ष टिका गौतम, अखिल नेपाल महिला संघ समाजवादीकी सुशीला भट्टराई, अखिल नेपाल महिला संघ क्रान्तीकारीकी लक्ष्मी सिग्देल, अखिल नेपाल महिला संघकी गिता भण्डारी, अन्तरपार्टी महिला सञ्जालकी लक्ष्मी पंगेनी लगायतले महिला अधिकारका क्षेत्रमा व्यापक सुधारको आवश्यकता रहेको औंल्याएका थिए । 


     कार्यक्रममा शिक्षक, संचारकर्मी तथा महिला अधिकारकर्मी इन्दीरा अर्यालले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका बारेमा विवरणात्मक तथा जानकारीमूलक अवधारणा पत्र प्रस्तुत पेश गरेकी थिईन् । 


    कार्यक्रममा देवदह प्रहरी चौकीमा कार्यरत ४ जना महिला प्रहरीहरुलाई सुरक्षा क्षेत्रमा गरेको योगदानको कदर गर्दै नगद, दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । 


    साथै देवदह नगरपालिकाका १० वटा सामूदायिक विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ५२ जना किशोरीहरुलाई साइकल बितरण गरिएको उपप्रमुखसँग महिला कार्यक्रमका संयोजक तथा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले जानकारी दिइन्। 

    उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गतको करिब ५ लाख बजेटबाट ५२ वटा साइकल बितरण गरिएको हो । उपप्रमुख गुरुङ्गका अनुसार विद्यालयबाट १ किलोमिटरको दुरीमा घर भएका, जेहेन्दार एवं बिपन्न परिवारका, दलित तथा पिछडिएको समुदायका, बाबु आमा मध्ये एक जना नभएका, विद्यालयमा ८० प्रतिशत हाजिरी भएका लगायतका मापदण्ड बनाएर विद्यालय व्यवस्थापन समितीले गरेको सिफारीसको आधारमा साइकल बितरण गरिएको हो ।

    कार्यक्रममा बिभिन्न वडाका वडा अध्यक्षहरु, महिला अधिकारकर्मीहरु, आमा समूहका प्रतिनिधिहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । 


    कार्यक्रम उपप्रमुखसँग महिला कार्यक्रमका संयोजक तथा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको अध्यक्षता, देवु भट्टराईको स्वागत र सरस्वती पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।