काठमाडौँ । अभिनेता तथा निर्देशक धनुष कानुनी विवादमा परेका छन् । सन् २०१६ मा घोषणा गरिएको ‘नान रुद्रन’ नामक चलचित्र निर्माण नगरेको भन्दै एक निर्माण संस्थाले उनलाई कानुनी सूचना पठाउँदै २० करोड भारतीय रुपैयाँ क्षतिपूर्ति माग गरेपछि धनुष कानुनी विवादमा फसेका हुन् ।
निर्माण कम्पनि थेनानदल फिल्म्सले धनुषले उक्त चलचित्रमा अभिनयसँगै निर्देशन गर्ने जिम्मेवारी लिएका थिए । तर छायांकन सुरु नै नभएपछि परियोजना लामो समयदेखि रोकिएको र यसका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको दाबी गरिएको छ । कलाकार तथा अन्य तयारीमा गरिएको खर्चसमेत संस्थाले नै बेहोरेको बताइएको छ ।
कम्पनीका कानुन व्यवसायीले तोकिएको समयभित्र रकम नदिए थप कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएका छन् । धनुषले भने यस विषयमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् । यसैबीच उनले नयाँ चलचित्रको घोषणा गरेका छन्, जसको निर्देशन राजकुमार पेरियासामीले गर्ने बताइएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology