Logo

२०८३, श्रावण २७गते


images
images

इलेक्सन लेन्स

रिक्सामा दुध बोकेका हिरा, जनताका मुद्दा बोकेर सदन पुग्न चाहन्छन्

रिक्सामा दुध बोकेका हिरा, जनताका मुद्दा बोकेर सदन पुग्न चाहन्छन्

images
  • रिक्सामा दुध बोकेका हिरा, जनताका मुद्दा बोकेर सदन पुग्न चाहन्छन्
    images
    images

    देवदह । भाषण नाराबाजी र चुनावी वाचा वरिपरि घुम्ने राजनीति आज भिन्न भएको छ । राजनीतिलाई सपना बाँड्ने माध्यम र गफ गरेरै नागरिक भुलाउन सकिन्छ भन्ने भाष्य पनि परिवर्तन भएको छ । आज नागरिकले राजनीति जनताको दैनिक जीवनसँग जोडिएको हेर्न चाहेको छ ।

    images
    images
    images

    उम्मेदवारहरु माटो सुहाउँदो र स्थानीयपनलाई बुझ्ने हुनुपर्छ भन्ने मान्यता पछिल्लो पटक विकसित भइरहेको छ । देशमा जबजब निर्वाचन आउँछ, चर्का भाषण र कोरा सपना बाँढ्नेहरुको प्रतिष्पर्धा नै चल्ने गर्छ । त्यसो त नागरिकलाई मेरो उम्मेदवार कस्तो हुने भन्ने कुराको समेत अलमल हुन सक्छ । राजनीतिक परिवेश अनुसार देशको राजधानी काठमाडौंको लागि उपयुक्त उम्मेदवार देशको दुरदराजका लागि अनुपयुक्त हुन सक्छ ।

    images
    images
    images

    फाल्गुन २१ को निर्वाचन नजिकिदै गर्दा देशका हरेक बस्ती, टोल-गल्ली, चिया पसल, चौतारा-बिसौनी र सार्वजनिक स्थलहरुमा राजनीतिक चर्चा चुलिदो छ । अधिकांश मतदाताको मनोविज्ञान हेर्दा हरेकको इच्छा आफुले चुनेको उम्मेदवार आफ्नो पहुँचमा होस् भन्ने देखिन्छ । तर देशको पछिल्लो राजनीतिक परिवर्तनले ल्याएको पुराना सबै बेठिक र नयाँ जस्ता भएपनि ठिक भन्ने चिन्तनले राजनीतिक कोर्ष कतातिर प्रवेश गर्दैछ भन्ने चिन्ता निम्त्याएको छ ।

    images
    images
    images

    यसै सन्दर्भमा रुपन्देही क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट हिरा बहादुर खत्री उम्मेदवार बनेका छन् । खत्री यस क्षेत्रका चर्चित युवा नेताको रुपमा स्थापित छन् । संघर्षबाट उदाएका उनी 'राजनीतिक उम्मेदवार सत्ताको गलैँचाबाट होइन, श्रमको धुलोबाट उठेको हुनुपर्ने बताउँछन् ।'  समस्यालाई मसिनो गरि केलाउन र समाधानको बाटो सहजै पहिल्याउन टुप्पोबाट पलाएको होइन, जमिनबाट उम्म्रिएको व्यक्ति जनप्रतिनिधि बन्नुपर्ने उनको तर्क छ । 

    रुपन्देही क्षेत्र नं १ ऐतिहासिकसँगै राजनीतिक रुपमा समेत चिरपरिचित क्षेत्र हो । भगवान गौतमबुद्धको मावलीस्थल जस्तो गरिमा बोकेको यो क्षेत्रले विगतमा राजनीतिक परिवर्तनको गौरवगाथा समेत बोकेको छ । वि. सं. २०४१ सालमा कांग्रेस नेताहरु गिरिजा प्रसाद कोइराला, शेरबहादुर देउवा लगायतमाथि तत्कालिन पंचायत पक्षधरले आक्रमण गरेको सुरजपुरा (हाल सूर्यपुरा) यही क्षेत्रमा पर्छ । नेपाली कांग्रेसका तत्कालिन जिल्ला सभापति पुष्पानन्द गिरीको घरमा भएको आक्रमणबाट दुई प्रजातान्त्रिक योद्धाहरु यादवनाथ आलोक र रामप्रसाद चौधरीको ज्यान गएको थियो ।

    यो क्षेत्र रुपन्देही जिल्लाको पूर्वी भेगमा पर्छ । चुरे पहाडदेखि समथर भुभाग हुँदै भारतको सिमासम्म फैलिएको यो क्षेत्र भौगोलिकतासँगै सामाजिक, साँस्कृतिक हिसाबले समेत फरक छ । गर्मीयाममा दक्षिणको गर्मीले आकुल-व्याकुल पार्दा थोरै उत्तरतर्फ लाग्यो भने सितलताको महसुस हुन्छ । जाडोयाममा तराईमा बाक्लो हुस्सु लाग्दा, केहि किलोमिटर डाँडो चढ्यो भने पारिलो घामको अनुभुति गर्न पाईन्छ ।

    यो प्रकृतिको अनुपम समिश्रणलाई विकास र परिवर्तनको स्वाद चखाउन सक्ने नयाँ उम्मेदवारको खोजीमा नागरिक छन् । खत्री आफुलाई यहाँको माटो, हावा, पानी र परिवेशलाई स्पर्श गरेको उम्मेदवारको रुपमा परिचित गराउँछन् ।

    पारिवारिक पृष्ठभुमि

    देवदह–९, भलुहीको सामान्य परिवारमा वि.सं. २०३२ साल असोज १४ गते जन्मिएका हिरा पाँच सन्तानमध्ये कान्छा हुन् । उनी जन्मिदा बुबा नरबहादुर र आमा उमाकलाको साथमा सुविधा थिएन तर परिवारमा आत्मसम्मान थियो । उनको परिवार बिहान बेलुका पुरै मेहनत गरेर जिवीका चलाउँथ्यो ।

    हिराको बाल्यकालका दिनहरू कठिन जीवन कथाका उदाहरण हुन् । कृषि र पशुपालन नै जीवनयापनको मुख्य आधार थियो । बिहान सबेरै उठेर गोठको काम सघाउनु, खेततिर जानु, अनि त्यसपछि विद्यालय पुग्नु - यो उनको दैनिकी थियो । उनका धेरै साथीहरू हातमा किताब बोकेर विद्यालय जान्थे । तर हिराको काँधमा किताबसहितको झोला मात्र हुँदैनथ्यो, सँगै हुन्थे दुधका क्यान । किसानका घर–घरबाट दुध संकलन गरेर बजार पुर्‍याउने जिम्मा उनले सानै उमेरमा लिएका थिए । 'दुध बोकेको रिक्सा चलाउँदै विद्यालय जाने' त्यो दृश्य आज पनि धेरै पुराना गाउँलेहरूको स्मृतिमा ताजै छ ।

     उनी पढ्न चाहन्थे । केही बन्न चाहन्थे । तर परिवारको जिम्मेवारीबाट टाढा बस्ने छुट उनलाई थिएन । त्यसैले उनले पढाइ र श्रमलाई सँगसँगै अघि बढाए ।बाल्यकालदेखि नै उनले श्रमको महत्त्व बुझे । पसिनाको मूल्य के हुन्छ भन्ने कुरा उनले किताबबाट होइन, जीवनबाट सिके । साथीहरू खेलमैदानमा रमाइरहँदा, उनी खेतको आलीमा घामसँग जुधिरहे । तर उनले जिन्दगीप्रति कहिल्यै गुनासो गरेनन् ।

    उनी पढ्न चाहन्थे । केही बन्न चाहन्थे । तर परिवारको जिम्मेवारीबाट टाढा बस्ने छुट उनलाई थिएन । त्यसैले उनले पढाइ र श्रमलाई सँगसँगै अघि बढाए ।बाल्यकालदेखि नै उनले श्रमको महत्त्व बुझे । पसिनाको मूल्य के हुन्छ भन्ने कुरा उनले किताबबाट होइन, जीवनबाट सिके । साथीहरू खेलमैदानमा रमाइरहँदा, उनी खेतको आलीमा घामसँग जुधिरहे । तर उनले जिन्दगीप्रति कहिल्यै गुनासो गरेनन् । उनको मनमा एउटा गहिरो विश्वास थियो, मेहनत कहिल्यै व्यर्थ जाँदैन । यही विश्वासले उनलाई अघि बढायो ।

    किशोरावस्थामा पुग्दा नपुग्दै उनी आफुलाई थप जिम्मेवार परिपक्व सावित गर्ने दिशामा अघि बढिसकेका थिए । बुटवलस्थित धागो कारखानामा मजदुरको रूपमा काम गरेर उनले आफुलाई जिम्मेवार युवाको रुपमा स्थापित गरेका थिए । हिरा पहिलोपटक ६ सय २५ रुपैयाँ तलब बुझ्दा आफुलाई भएको गौरवको अनुभुति कहिल्यै नबिर्सने बताउँछन् । ‘त्यो रकम सायद अरू कसैका लागि सामान्य हुन सक्छ, तर मेरा लागि त्यो आत्मनिर्भर बन्ने पहिलो पाइला थियो ।’ उनले बुझेका ती नोटहरूमा पसिनाको गन्ध थियो, संघर्षको स्वाद थियो । नेपालमै बसेर महिनौँसम्म १८ घण्टासम्म खटेर काम गर्न उनको शरीर थाक्थ्यो, तर मन हार्दैनथ्यो । यसरी विताएका उनका दिनहरू जीवनका कठोर तर शिक्षाप्रद अध्याय थिए । 

    वैदेशिक रोजगारीमा ठगिएका हिराको लागि उक्त ठगि जीवनको टर्निङ्ग प्वाईन्ट बन्यो । उनी भन्छन्, ‘त्यो घटना नहुँदो हो त सायद म आज विदेशमै कतै काम गरिरहेको हुन्थेँ होला ।’ विदेश जानको लागि उबेला १ लाख ५० हजार रुपैंया ठगिन पुगेका उनी, अहिले त्यतिनै संख्याका मतदाता भएको रुपन्देही क्षेत्र नं १ बाट देशको राजनीतिक कोर्स परिवर्तन गर्ने अठोटसहित चुनावी मैदानमा होमिएका छन् ।

    युवाहरुलाई विदेश जाने लहर जाग्दा हिरालाई पनि त्यसो नभएको होईन । गाउँका धेरै समकक्षीहरू भारतीय सेना र बेलायती सेनामा भर्ती भएका थिए । केही विदेश जानेहरुको गतिविधिले उनलाई पनि लोभ्याउँथ्यो ।  घरको आर्थिक अवस्था नाजुक रहेकाले त्यसलाई सुधार्ने आशा उनमा पनि नजाग्ने कुरै भएन । जसले हिराको मनमा पनि वैदेशिक रोजगारीको चाहना पलायो ।

    १८ वर्षको कलिलो उमेरमा उनले विदेश जाने तयारी गरे । खाई-नखाई जोगाएको केही रकम उनले एजेन्टलाई बुझाए । तर दुर्भाग्यवश, उनी ठगिए । दलालले उनको सपना मात्र होइन, पसिनाले जोडेका ती नोटहरू पनि लुट्यो । त्यो घटना उनका लागि ठूलो धक्का थियो । केही समय उनी मौन भए, निराश पनि भए । तर उनले त्यही क्षण जीवनको अर्को निर्णय गरे, अब विदेश कहिल्यै नजाने, र यही माटोमा केही गरेर देखाउने ।

    वैदेशिक रोजगारीमा ठगिएका हिराको लागि उक्त ठगि जीवनको टर्निङ्ग प्वाईन्ट बन्यो । उनी भन्छन्, ‘त्यो घटना नहुँदो हो त सायद म आज विदेशमै कतै काम गरिरहेको हुन्थेँ होला ।’ विदेश जानको लागि उबेला १ लाख ५० हजार रुपैंया ठगिन पुगेका उनी, अहिले त्यतिनै संख्याका मतदाता भएको रुपन्देही क्षेत्र नं १ बाट देशको राजनीतिक कोर्स परिवर्तन गर्ने अठोटसहित चुनावी मैदानमा होमिएका छन् ।

    राजनीतिक योगदान 

    त्यसो त उनी पहिलोपटक चुनावी मैदानमा होमिएका भने होइनन् । यसअघि उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा देवदह नगरपालिकाको प्रमुखको रुपमा भुमिका निर्वाह गरिसकेका छन् । देवदहको प्रथम मेयरका रूपमा निर्वाचित हुँदा उनले पदलाई प्रतिष्ठाको रूपमा होइन, जिम्मेवारीको रूपमा लिए । नगरपालिकामा संस्थागत संरचना बलियो बनाउन उनले ७२ वटा स्थानीय ऐन, नियमावली र कार्यविधि निर्माण गरे । देवदह नगरपालिका प्रशासनिक भवन, कोशेली भवन र ९ वटा वडाका प्रशासनिक भवन उनकै कार्यकालमा बनेका हुन् । देवदह नगर अस्पताल निर्माणको थालनी उनकै कार्यकालमा भएको हो ।

    उनी नगर प्रमुख निर्वाचित हुँदा देवदहको प्रशासनिक भवन थिएन, नगरपालिका संचालनका लागि अत्यावश्यक ऐन, कानुन र नियमावली थिएनन् । तर उनले महँगो भाडा तिरेर आलिसान भवनमा आफ्नो कार्यालय राख्न चाहेनन् । टहरोबाटै प्रशासन चलाए र नगरपलिकाले नागरिकलाई सेवा प्रवाहका लागि आवश्यक सम्पूर्ण संयन्त्र निर्माण गरे ।

    २०४६ सालको जनआन्दोलनसँगै राजनीतिक यात्रा सुरु गरेका हिरासँग विद्यार्थी, युवा र पार्टी नेतृत्वको अनुभव छ । कार्यकर्ता र सर्वसाधारणसँग छिट्टै घुलमिल हुने क्षमता भएका हिरा उपल्लो तहका नेताहरुसँग समेत सिधा र प्रष्ट कुरा राख्न सक्ने युवा नेताको रुपमा परिचित छन् ।

    कृषिको उत्पादनमा आधारित अनुदानको सुरुवात गरेका उनले देवदहलाई दूध उत्पादनको हब बनाउने लक्ष्यसहित किसानलाई प्रत्यक्ष सहयोगको योजना अघि सारे । बिउ–विजनमा ५० प्रतिशत अनुदान, पशु बीमामा सहयोग, कोभिडका बेला दूध बिक्री नभएका किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान लगायत उनले गरेका निर्णयहरू किसानमैत्री थिए । तरकारी उत्पादनमा प्रतिकेजी ५ रुपैयाँ अनुदान, कृषि एम्बुलेन्स सेवा जस्ता उनका पहलहरूले कृषिलाई आयआर्जनसँग जोड्ने प्रयास गरेको स्वयम् किसानहरु बताउँछन् ।

    विकासको सवालमा सर्वपक्षीय र सहमति आवश्यक रहेको बताउने उनले आफु नगरप्रमुख हुँदासमेत विभिन्न क्षेत्रमा सहमतिका साथ काम गरेर त्यसको उदाहरण प्रस्तुत गरिसकेका बताउँन् ।

    राज्य पुनःसंरचना पछिको पहिलो स्थानीय निर्वाचन पछि उनले देवदहको शिक्षा क्षेत्र विकासको लागि विशेष चासो दिए । विद्यालयहरू जस्तापाताले ढाकिएका थिए, पूर्वाधार कमजोर थियो । उनले जिप्सन कक्षा निर्माणको अभियान चलाए र आफ्नै कार्यकालमा बाल कक्षाहरु टिनको छानामुक्त बनाए । नीजि स्रोतका शिक्षकलाई परीक्षा प्रणालीबाट छनोट गरी नगर शिक्षक नियुक्त गर्ने प्रक्रिया सुरु गरे । उनी भन्छन्, ‘शिक्षाको विकासको लागि ५० भन्दा बढी कक्षाकोठा तत्कालिन कार्यकालमा निर्माण भएका छन् । निःशुल्क शिक्षाको पहल गरिएको छ । शिक्षा सुधार नभए भविष्य सुधारिँदैन भन्नेमा म विश्वस्त छु ।’

    आफ्नो लक्ष्य, उद्धेश्य र कर्मप्रति कहिल्यै विचलित नहुने हिरा नगरप्रमुख हुँदा कृषि क्षेत्रको उत्थानका लागि गरेका केहि कामहरु उत्कृष्ट थिए । कृषिको उत्पादनमा आधारित अनुदानको सुरुवात गरेका उनले देवदहलाई दूध उत्पादनको हब बनाउने लक्ष्यसहित किसानलाई प्रत्यक्ष सहयोगको योजना अघि सारे । बिउ–विजनमा ५० प्रतिशत अनुदान, पशु बीमामा सहयोग, कोभिडका बेला दूध बिक्री नभएका किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान लगायत उनले गरेका निर्णयहरू किसानमैत्री थिए । तरकारी उत्पादनमा प्रतिकेजी ५ रुपैयाँ अनुदान, कृषि एम्बुलेन्स सेवा जस्ता उनका पहलहरूले कृषिलाई आयआर्जनसँग जोड्ने प्रयास गरेको स्वयम् किसानहरु बताउँछन् ।

    त्यसो त पूर्वाधार विकासमा पनि यो क्षेत्र अब्बल हुनुपर्ने उनको धारणा छ । नगरप्रमुख हुँदाखेरी नै उनले अघि सारेको देवदह चक्रपथको डीपीआर, मेरुदण्ड सडकहरूको पहिचान, पाल्पा जोड्ने सडक योजनाहरू लगायतलाई अब क्षेत्रसँग जोड्नुपर्ने उनी बताउँछन् ।

    रोहिणी नदीलाई देवदहको पहिचानका रूपमा विकास गर्ने सपना देखेका उनले क्षेत्रको समृद्धिको लागि पाल्पादेखि भारतको सीमासम्म अध्ययन गरी डीपीआर तयार पार्दै ३६ मिटर जलाशय सहित रोहिणी सिँचाइ बाँधको प्रस्ताव राखेको बताए ।  उनी यस क्षेत्रलाई सँचाइ र जल पर्यटनको हब बनाउन सकिने आफुसँग योजना रहेको बताउँछन् ।

    पर्यटन क्षेत्रमा उनले पुरातात्विक स्थलहरूको उत्खनन र संरक्षणमा पहल गरे । भवानीपुर, बैरीमाई, कन्यामाई, खयरडाँडा, मंगल पुष्करिणी दह जस्ता क्षेत्रको सम्भावना उजागर गर्ने प्रयास उनकै पालामा भयो । पुरातत्व विभाग र लुम्बिनी विकास कोषसँग समन्वय गर्दै केही स्थानमा उत्खनन सुरु गरेका हिरा भन्छन्, ‘पर्यटनले यस क्षेत्रको आर्थिक अवस्था बदल्न सक्छ ।’

    भूमि व्यवस्थापनमा पनि हिराले भूमिहीनलाई लालपुर्जा वितरणको पहल जिल्लामै पहिलो पटक सुरु गरे । उनकै कार्यकालमा देवदह–९ घोडाहामा २०० भूमिहीनका लागि लालपुर्जा तयार भएका थिए । यद्यपि राजश्व समस्या कारण वितरणमा अवरुद्ध भयो । आवश्यक परे हरियो पुर्जा दिने तयारी आफुले त्यो बेला नै गरेको उनी बताउँछन् ।  

    कोभिड-१९ महामारीको समय उनको नेतृत्वको ठूलो परीक्षा थियो । अस्पतालहरूमा अक्सिजन अभावको खबर देशभरि फैलिँदा देवदहमा अक्सिजनको कमी हुन नदिने प्रयास उनले गरे । कोभिड अस्पताल निर्माण, समुदायसँग सहकार्य, विदेशमा रहेका नागरिकको उद्धार, हेलिकप्टरमार्फत गम्भीर बिरामीलाई काठमाडौं पठाउने व्यवस्था मिलाएर नागरिकसंग सरकार छ भन्ने पर्त्याभुती आफुले गराएको उनी बताउँछन् । लकडाउनमा चुलो नजल्ने परिवारलाई राहत वितरण गरेका उनले प्रशासनलाई मात्र होइन, समाजलाई पनि संकटसँग जुध्न संगठित गरे ।

    पर्यटनको क्षेत्रमा ड्रिम देवदहसंगको सहकार्यमा गौतम बुद्ध राष्ट्रिय उद्यान (काष्ठकला), स्मृति वन वाटिका (प्रस्तरकला), यशोधरा बाल उद्यानजस्ता क्षेत्रमा लगानी गर्ने र पार्कमा विविधता ल्याउने कार्य उनको कार्यकालमा भए ।  देवदह चक्रपथ, बुद्ध परिपथका सडकहरु र देवदह मण्डपको डिपीआर उनकै कार्यकालमा बनेका हुन् ।

    उम्मेदवारी किन ?

    राजनीतिक रुपमा २०४८ सालमा नेपाली कांग्रेसको पार्टी सदस्यता लिएका उनी अहिले सोहि पार्टीका क्षेत्रीय सभापति हुन् । भदौ २३ र २४ को जेनजी आन्दोलनलाई पछिल्लो राजनीतिक आन्दोलनको जग मान्ने उनले कांग्रेसको नेतृत्व परिवर्तनले आफुलाई उत्साहित बनाएकाले चुनावी मैदानमा उत्रिएको बताउँछन् । ‘लामो समयसम्म नेतृत्व परिवर्तन हुन नसक्ने हाम्रो राजनीतिक संस्कारलाई नेपाली कांग्रेसले यसपटक परिवर्तन गरिदिएको छ । उनले भने, ‘गगन थापाको भिजनरी नेतृत्वलाई साथ दिन मैले पनि उम्मेदवारी दिएको हुँ । विकास प्रतिको मेरो हुटहुटीलाई प्रयोगमा ल्याउन पनि यो पटक मैले जित्नैपर्छ ।  त्यसको लागि आम मतदाताहरुले समेत मलाई हौसला प्रदान गरिरहनुभएको छ ।’

    राजनीतिक रुपमा हिरालाई ठूलो पदको सपना छैन । तरपनि उनी यस क्षेत्रका नागरिकका गुनासा सदनमा उठाउन चाहन्छन् । त्यसमा पनि युवा वर्गलाई देशमै टिकाईराख्न र रोजगारी सिर्जना गर्ने सवालमा आफु खरो रुपमा उत्रने उनको भनाइ छ ।

    भदौ २३ र २४ को जेनजी आन्दोलनलाई पछिल्लो राजनीतिक आन्दोलनको जग मान्ने उनले कांग्रेसको नेतृत्व परिवर्तनले आफुलाई उत्साहित बनाएकाले चुनावी मैदानमा उत्रिएको बताउँछन् । ‘लामो समयसम्म नेतृत्व परिवर्तन हुन नसक्ने हाम्रो राजनीतिक संस्कारलाई नेपाली कांग्रेसले यसपटक परिवर्तन गरिदिएको छ । उनले भने, ‘गगन थापाको भिजनरी नेतृत्वलाई साथ दिन मैले पनि उम्मेदवारी दिएको हुँ । विकास प्रतिको मेरो हुटहुटीलाई प्रयोगमा ल्याउन पनि यो पटक मैले जित्नैपर्छ ।  त्यसको लागि आम मतदाताहरुले समेत मलाई हौसला प्रदान गरिरहनुभएको छ ।’

    राजनीतिक रुपमा होस् या सामाजिक रुपमा - हिरा जहिलेपनि युवासंग निकट रहने गर्छन् । २०५२ सालमा नेपाल तरुण दल देवदह गाविसका संस्थापक सभापति निर्वाचित हुँदा उनले युवाहरूलाई संगठित गर्ने काम गरेका थिए । २०५६ मा क्षेत्रीय सभापति, २०६७ मा जिल्ला सदस्य हुँदै मनोनित जिल्ला सचिवसम्म उनको राजनीतिक अनुभव छ । पछिल्लो समय आफ्नै क्षेत्रको विकासमा खटिने गरि उनी क्षेत्रीय सभापतिको रुपमा रहेर काम गरिरहेका छन् ।

    हिरा भन्छन्, 'जीवनमा भएका केही पीडादायी घटनाले नै जीवनको गोरेटो बदलिदिन्छ । राजनीतिसँगै व्यवसायिक जीवनलाई समेत सँगसंगै लिएर हिँडेका हिराले कृषि उद्यम समेत गरिरहेका छन् । जहाँ उनले १० जनालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सयौंलाई रोजगारी दिइरहेका छन् । राजनीतिक र अन्य भेटघाटको समय बाहेक आफु स्वयम् उद्यममा खटिने उनी राज्यले युवालाई उद्यमसँग जोड्नको लागि कुनै कसर छाड्न नहुने बताउँछन् ।

    आफ्नो पुस्ताले थुप्रै आन्दोलन व्यवहोरेको र देखेको भन्दै अबको नयाँ पिडीले कुनैपनि आन्दोलनको सामना गर्न नपरोस् भन्ने उनको कामना छ । अहिलेको युवा प्रविधिसँग निकै नजिक रहेको भन्दै उनले राज्यले थोरै प्लेटफर्म दिने हो भने परिवर्तन र विकासको लागि लामो समय नलाग्ने बताउँछन् ।

    परिवर्तन र संघर्षको यात्रामा अनवरत लागिरहेका हिरा देवदहको माटोबाट उठेको व्यक्ति हुन् । जसले संघर्षलाई शक्तिमा बदल्यो । संकटले मानिसलाई तोड्दैन, सही सोँच र दृढ संकल्प भए त्यो संकटलेनै मानिसलाई बनाउने उनको जीवनले देखाएको छ ।

    हिजो रिक्सामा दुध बोक्दै विद्यालय जाने हिरा, आज जनताको मुद्धा बोकेर नीति निर्माणको केन्द्रसम्म पुग्ने आकांक्षा राखेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हिरा बहादुर खत्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।