Logo

२०८३, आश्विन १०गते


images
images

देवदह ४ को वडा कार्यालय उद्घाटन, संघसंस्था सहित ५३ जना सम्मानित

देवदह ४ को वडा कार्यालय उद्घाटन, संघसंस्था सहित ५३ जना सम्मानित

images
  • देवदह ४ को वडा कार्यालय उद्घाटन, संघसंस्था सहित ५३ जना सम्मानित
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं. ४ को वडा कार्यालय उद्घाटन भएको छ । आइतबार एक कार्यक्रमविच संघीय सांसद छविलाल विश्वकर्माले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

    images
    images
    images

    कार्यालय उद्घाटन समारोहमा बोल्दै सांसद विश्वकर्माले परिवर्तनका उपलब्धि रक्षा गर्नको लागि सबै मिल्नुपर्ने बताए । समृद्धिको सपनालाई साकार पार्न देवदह नगरपालिकामा सुरु गरिएका काम सम्पन्न हुने प्रक्रियामा रहेको उल्लेख गर्दै  नेकपा एमालेका केन्द्रिय सचिव समेत रहेका विश्वकर्माले राजनीतिकर्मीहरूले शासक भएर होइन जनताको सेवक भएर काम गर्नुपर्ने बताए । 

    images
    images
    images

    उक्त कार्यक्रममा प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपाने, देवदह नगरपालिकाका नगरप्रमुख हिरा बहादुर खत्री, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, देवदहमा क्रियाशिल राजनीतिक दलका प्रतिनिधि र सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    images


    सो क्रममा देवदह क्षेत्रभित्र क्रियाशिल संघ संस्थाहरू र विविध क्षेत्रमा 'विशेष योगदान' पुर्याएका व्यक्ति सहित ५३ जनालाई सम्मान गरिएको थियो । जुन यस प्रकार छ :

    • जनएकता टोल विकास संस्था
    • प्रगति टोल विकास संस्था
    • सिंगाहा टोल विकास संस्था
    • श्रीनगर टोल विकास संस्था
    • पश्चिम देवीदमार टोल विकास संस्था
    • मायादेवी टोल विकास संस्था
    • विजयपुर टोल विकास संस्था
    • सृष्टि टोल विकास संस्था
    • केरवानी टोल विकास संस्था
    • प्रकृतिडाँडा टोल विकास संस्था
    • पिपरिया डमरूवा टोल विकास संस्था
    • मायादेवी बुद्धमावली  टोल विकास संस्था
    • शहरी स्वास्थ्यकेन्द्र, भवानीपुर
    • जागरण महिला समूह
    • चौतारी आमा समूह
    • रेनुका काफ्ले  (महिला उद्यमी)
    • प्रताप खवास (राष्ट्रिय खेलाडी)
    • मित्रलाल न्यौपाने (शैक्षिक व्यक्तितब)
    • भिम गुरुङ (मातृभाषा अभियन्ता)
    • विरेन्द्र पाण्डे (मेचिमहाकाली उल्टो साइकल यात्री)
    • लायन्स क्लब अफ देवदह प्रोफेसनल युथ
    • जनजागरण युवा क्लब 
    • पिपरिया संस्कृति युवा क्लब 
    • देवदह जेसीस
    • लियो क्लब अफ लर्ड बुद्ध 
    • लायन्स क्लब अफ देवदह
    • रोट्र्याक क्लब अफ तिलोत्तमा देवदह
    • उज्यालो लालटिन प्रतिष्ठान
    • सहिद रामप्रसाद चौधरी (मरणोपरान्त)
    • सहिद दुर्गा तिवारी (मरणोपरान्त)
    • सहिद बसन्त पौडेल (मरणोपरान्त)
    • दुर्गा पंचायन मन्दिर
    • निर्मला देवी थारू (महिला स्वास्थ्य स्वयं सेवीका)
    • सीता कुमारी गोतामे (महिला स्वास्थ्य स्वयं सेवीका)
    • फुल कुमारी थारु (महिला स्वास्थ्य स्वयं सेवीका)
    • टीका देवी पाण्डे (महिला स्वास्थ्य स्वयं सेवीका)
    • विष्णु कुमारी थापा (महिला स्वास्थ्य स्वयं सेवीका)
    • सुशिला गुरुङ (महिला स्वास्थ्य स्वयं सेवीका)
    • भगवती पराजुली (महिला स्वास्थ्य स्वयं सेवीका)
    • शान्तिप्रिय आधारभुत विद्यालय
    • जनकल्याण आमा समूह
    • युगीन साहित्य समाज
    • अनुराग साहित्य समाज
    • दिपक भट्टराई (कृषि उद्यमी)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।