देवदह । देवदहमा एकहप्ते उद्घोषणकला तथा नेतृत्व विकास तालिम सुरु भएको छ । बुद्ध सामुदायिक वनको आयोजनामा टोलविकास संस्था र आमा समूहका प्रतिनिधिहरुको लागि तालिम संचालन गरिएको जनाइएको छ ।
एक कार्यक्रम बीच तालिमको उद्घाटन गर्दै वनका अध्यक्ष टेक बहादुर रानाले वनको वार्षिक कार्ययोजना अन्तरगत तालिम आयोजना गरिएको बताए । 'आफ्ना उपभोक्ताको क्षमता विकास हाम्रो प्राथमिकताको विषय हो ।' अध्यक्ष रानाले भने, 'तालिममा सहभागीले तालिममा सिकेका कुरालाई दैनिक जीवनमा लागु गर्नुहुनेछ र त्यो सिप हाम्रो समुदायले प्राप्त गर्नेछ भन्ने विश्वास लिइएको छ ।'
तालिममा देवदह नगरपालिका वडा नं ५ र ६ भित्रका आमा समूह र टोल विकास संस्थामा आबद्ध बुद्ध सामुदायिक वनका उपभोक्ता सहभागी भएको वनकी सचिव राधिका अर्यालले जानकारी दिइन् ।
सेतोमसी डटकमले सहजीकरण सो तालिममा २५ जना सहभागी छन् । सेतोमसीका कार्यकारी सम्पादक पवन पौडेल प्रमुख प्रशिक्षक रहेको वनले जनाएको छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology