Logo

२०८३, आश्विन ९गते


images
images

आज सुरक्षित इन्टरनेट दिवस मनाइदै

आज सुरक्षित इन्टरनेट दिवस मनाइदै

images
  • आज सुरक्षित इन्टरनेट दिवस मनाइदै
    images
    images

    काठमाडौँ । 'एआई संचालित इन्टरनेटमा स्मार्ट प्रविधि, सुरक्षित विकल्पहरू' भन्ने नाराका साथ आज यस बर्षको सुरक्षित इन्टरनेट दिवस मनाइदैछ ।

    images
    images
    images

    साइबर सुरक्षा सम्बन्धमा चेतना अभिवृद्धि गर्न बालबालिका तथा युवावर्गको लागि काम गर्ने संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने उद्देश्यसाथ यो दिवस मनाइन्छ ।

    images
    images
    images

    विश्वका १७० भन्दा धेरै देशमा दिवस अवसरमा विभिन्न कार्यक्रम आयोजना हुँदैछन् । यस दिवसले प्रविधिको सकारात्मक प्रयोगसम्बन्धी जानकारी दिन तथा अनलाइन सुरक्षाका लागि सरकारी निकायहरू, विद्यालयहरू, अभिभावकहरू, सामाजिक संस्थाहरूका साथै बालबालिका तथा युवाहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी लिने अवसर उपलब्ध गराउँछ । 

    images
    images
    images

    चाइल्ड सेफ नेटले सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवसको समन्वय र प्रवर्धन गर्दै आएको छ । हालको डिजिटल युगमा इन्टरनेटले ज्ञान, सूचना, सञ्चार र मनोरञ्जनको अभूतपूर्व अवसर प्रदान गरेको, तर सूचना प्रविधिको सही र सुरक्षित प्रयोग नहुँदा बालबालिका तथा युवाहरू अनलाइन यौन दुव्र्यवहार र शोषण, साइबर बुलिङ, साइबर, छलकपट (फिसिङ्ग) तथा सेक्स्टोर्सन (यौनजन्य फिरौती) मा पर्ने जोखिम रहेको बताइएको छ ।

    बालबालिका तथा युवालाई इन्टरनेटको नकारात्मक प्रभावबाट बचाउन सरकारी तथा निजी क्षेत्रले बेलैमा सजगता तथा सक्रियता अपनाउनु नितान्त आवश्यक रहेको छ । कोभिड–१९ विश्व महामारीपछि संसारभरि नै अनलाइन बालयौन दुर्व्यबहार तथा बालयौन शोषण, बालबालिकाहरुमा इन्टरनेटको लत बस्ने गरेको पाइन्छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इन्टरनेट दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।