Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

अभिनेता सुनिल थापाको निधनप्रति प्रधानमन्त्री कार्कीद्धारा दुख व्यक्त

अभिनेता सुनिल थापाको निधनप्रति प्रधानमन्त्री कार्कीद्धारा दुख व्यक्त

images
  • अभिनेता सुनिल थापाको निधनप्रति प्रधानमन्त्री कार्कीद्धारा दुख व्यक्त
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले लोकप्रिय अभिनेता सुनील थापाको असामयिक निधनप्रति दुख व्यक्त गरेकी छन् ।

    images
    images
    images

    प्रधानमन्त्री कार्कीले उनको निधनसँगै नेपाली र भारतीय चलचित्र जगतले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाउन पुगेको उल्लेख गर्दै दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गरेकी छन् ।

    images
    images
    images

    उनले ‘चिनो’का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्ममा उनका खलनायक र सहनायकका उम्दा भूमिका करोडौँ मन जित्न सफल भएको उल्लेख गर्दै उनका यी हरेक चरित्र हामी दर्शकको स्मृतिमा सदैव जीवित रहने उल्लेख गरेकी छन् ।

    images
    images
    images

    चार दशकभन्दा बढी समयको उनको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहने प्रधानमन्त्री कार्कीले बताएकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनिल थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।