Logo

२०८३, श्रावण २७गते


images
images

फेवाताल छेउका मानव मुर्ति, को हुन् 'गोल्डेन म्यान' ?

फेवाताल छेउका मानव मुर्ति, को हुन् 'गोल्डेन म्यान' ?

images
  • फेवाताल छेउका मानव मुर्ति,  को हुन् 'गोल्डेन म्यान' ?
    images
    images

    रेशम अधिकारी, पोखरा । अगाडि गोल्डेन रङ्ग लगाएको हर्लेक्सको डब्बा, डब्बा भित्र केही पैसा र एउटा रातो गुलावको फूल । डब्बाको अगाडि गोल्डेन मानव मुर्ति जुन फेवाताल छेउको आकर्षणको केन्द्र बनेकोछ । पोखरा लेक साइड घुम्न आएका पर्यटकहरु तस्बिर खिच्न र टिकटक बनाउन आतुर देखिन्छन् ।

    images
    images
    images

    2_IMG-20220220-WA0007_watermark_Mon_21022022_084333.jpg

    images
    images
    images

     

    images
    images
    images

    केही हलचल नगरी उभिरहेको देख्दा अधिकांसलाई मानिस मुर्ति हो भनी झुकिनु स्वभाविक नै हो । तर यो दृश्य मुर्ति नभएर सामान्य मानिसको हो । उनी हुन्  - शरीरमा सुन (गोल्डेन कलर ) लगाइ बसेका ओखलढुंगाका अंकित शाही ।

     

    नेपालको प्रमुख पर्यटकीय स्थलको रुपमा रहेको पोखरामा केही नयाँ देखाउने इच्छा भएर ओखलढुंगाबाट अंकित पोखरा आए । उनी पोखरा आएको धेरै भएको छैन । एक महिना अघिबाट यहाँ आएर बसेको अंकितको भनाई छ । यो कला कसरी सिक्नुभयो भन्ने प्रश्नमा उनी भन्छन् "निरन्तर प्रयास गर्दै जादाँ सबै कुरा गर्न सके ।" उनी थप्छन् "यसरी उभिर हलचल नगरी दिन बिताउनु मेरो आदत नै भै सकेको छ ।"

    4_IMG-20220220-WA0005_watermark_Mon_21022022_084333.jpg

    रोजगारीको शिलशिलामा भारत बस्दा उनले यो कला सिके । अंकितका सुरुवाती दिन त्यति सजिलो थिएनन् । १० मिनेट पनि एकै ठाँउमा बस्न गारो हुन्थ्यो । हलचल नगरि उभिएर बस्दा शरीर काप्थ्यो ।दिउँसो थकाइले बेलुका शरीर दुख्थ्यो । निद्रा लाग्थेन ।तर, उनले प्रयास गर्न छाडेनन् । उनी भन्छन् "सबैकुरा प्रयास गरेपछि गर्न सकिदो रहेछ हार मान्न भएन "डरको अगाडि जित छ ।"

     

    भारतमै मुर्ति बनी बस्दा उनमा आफ्नो देशमा नै गएर कला  प्रदर्शन गर्ने सोंच आयो । नेपाली माटोले उनलाई फेरि बोलायो र कोभिड महामारी बीच देश फर्किए ।

     

    भारतबाट फर्केपछि उनमा व्यवसाय गर्ने रन्को नचडेको पनि हैन । तर कोभिडले गर्दा देशमा लकडाउन भएपछि व्यवसाय गर्ने जोस पनि हरायो । त्यसपछि उनी पोखरा आए । उनि भन्छन् "मैले आफ्नो कलालाई जिन्दगीसंग जोड्ने निधो गरेर पोखरा आए" ।

    0_IMG-20220220-WA0006_watermark_Mon_21022022_084333.jpg

    त्यहाँ घुम्न आउने थुप्रैले उनीसगँ फोटो मात्र खिच्दैनन्न । उनको अगाडि राखिएको डब्बामा आफ्नो इच्छा अनुसार सहयोग पनि गर्छन् । त्यहि सहयोगले अंकितको घरको चुलो बल्छ । आफुमा भएको कला प्रदर्शन गरेर जीन्दगी चलाउन सकेकोमा अंकित सन्तुष्ट छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।