Logo

२०८३, आश्विन ९गते


images
images

शान्ति नमुना माविको स्कुल बस दुर्घटना हुँदा २१ जना विद्यार्थी घाइते

शान्ति नमुना माविको स्कुल बस दुर्घटना हुँदा २१ जना विद्यार्थी घाइते

images
  • शान्ति नमुना माविको स्कुल बस दुर्घटना हुँदा २१ जना विद्यार्थी घाइते
    images
    images

    देवदह । शान्ति नमुना माध्यमिक विद्यालयको विद्यार्थी बोकेको बस ट्याक्टरसंग ठोक्किदा २१ जना विद्यार्थी घाइते भएका छन् । स्कुल बस दुर्घटनामा विद्यार्थी घाइते भएको विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले बताए । 

    images
    images
    images

    कुहिरोका कारण सडकमा भिजिविलिटी कम भएकोले दुर्घटना भएको विद्यालयको भनाई छ । 'भाडाको बस थियो, बसन्तपुरको घुम्तीमा ट्रयाक्टरसंग ठोक्किदा केही विद्यार्थी घाइते हुनुभएको छ' प्रधानाधापक लामिछानेले सेतोमसीसंग भने । 

    images
    images
    images

    घाइते विद्यार्थीमध्ये १५ जना सामान्य उपचारपछि घर फर्किएको र अझै ६ जना विद्यार्थी युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचाररत रहेको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    नवलपरासीबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८६७५ नम्बरको स्कुल बस र लु ३ त ३५३० नम्बरको ट्याक्टर रुपन्देहीको ओमसतिया गाउँपालिका–४, बसन्तपुरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले जानकारी दिए ।

    घटनामा संलग्न बस र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शान्ति नमुना मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।