Logo

२०८३, श्रावण २७गते


images
images

अल नासरसँग रोनाल्डो असन्तुष्ट !

अल नासरसँग रोनाल्डो असन्तुष्ट !

images
  • अल नासरसँग रोनाल्डो असन्तुष्ट !
    images
    images

    काठमाडौं । क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा असन्तुष्ट भएको रिपोर्ट बाहिरिएको छ । सोमबार राति भएको अल नासरको खेलमा रोनाल्डो टिममा नभएपछि अनेक अड्कलबाजी शुरु भएको छ ।

    images
    images
    images

    केहि मिडिया रिपोर्टका अनुसार नयाँ खेलाडी भित्र्याउने बारे क्लब व्यवस्थापन र रोनाल्डोबीच विवाद भएपछि यस खेलमा उनी टिममा समावेश भएका छैनन् ।

    images
    images
    images

    अल नासरलाई साउदी अरबको पब्लिक इन्भेस्टमेन्ट फण्डले व्यवस्थापन गर्दछ । रोनाल्डो फण्डले अन्य क्लबको तुलनामा अल नासरलाई प्राथमिकता नदिएको भन्दै असन्तुष्ट भएको बताइएको छ । रोनाल्डोले अझै खेलाडी भित्राएर लिगमा नतिजा ल्याउने गरि खेल्नुपर्ने दबाब दिएपछि व्यवस्थापन असन्तुष्ट भएको पोर्चुगलको 'अ बोला' मिडिया आउटलेटले उल्लेख गरेको छ । यसै कारणले रोनाल्डो आज हुने अल रियादविरुद्धको खेलमा टिममा सामेल नभएको बताइएको छ ।

    images
    images
    images

    त्यस्तै केहि मिडिया आउटलेटहरुले रोनाल्डो अमेरिका जान सक्ने बताएका छन् । फुटबलमा आफ्नो क्यारियरको अन्तिम चरणमा रहेका कारण रोनाल्डोले हलिवुडमा जान खोजिरहेको र त्यसका लागि अमेरिकन मेजर लिग सकरमा जानसक्ने विश्लेषण गरिएको छ । यस बर्ष अमेरिकामा विश्वकप फुटबल समेत हुन लागेकोले रोनाल्डो त्यसअघि नै अमेरिकन लिगमा जान सक्ने विश्लेषण गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।