Logo

२०८३, आश्विन ९गते


images
images

बलिउड

फिल्म बोर्डर- २ ले अहिलेसम्म कति कमायो ?

फिल्म बोर्डर- २ ले अहिलेसम्म कति कमायो ?

images
  • फिल्म बोर्डर- २ ले अहिलेसम्म कति कमायो ?
    images
    images

    काठमाडौँ । बलिवुड फिल्म बोर्डर- २ ले भारतीय बक्स अफिसमा शानदार शुरुवात गरेको छ । अघिल्लो शुक्रबार रिलिज भएको बोर्डर- २ ले दोस्रो सातामा पनि शानदार शुरुवात गरेको छ । फिल्मले दोस्रो शुक्रबार १२.५३ करोड कमाई गर्दै अहिलेसम्म २५७.५ करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । 

    images
    images
    images

    बोर्डर-२ ले रिलिको पहिलो शुक्रबार ३२.१०, शनिबार ४०.५९ करोड, आइतबार ५७.२० करोड, सोमबार ६३.५९, मंगलबार २३.३१ करोड, बुधबार १५.०४ करोड र विहिबार १३.१४ करोड कमाई गर्दै पहिलो सातामा २४४.९७ करोड कमाई गरेको थियो ।

    images
    images
    images

    करिब २०० करोडमा बनेको यो फिल्म १९९७ मा रिलीज भएको सुपरहिट फिल्म बोर्डरको सिक्वेल हो । १९९७ मा बोर्डरले पहिलो दिनमा १.१० करोड कमाएको थियो । त्यस्तै फिल्मले त्यतिबेला कुल नेट बक्स अफिस कलेक्सन ३९.३० करोड गरेको थियो । 

    images
    images
    images

    बोर्डर- २ मा सनी देओल, वरुण धवन, दिलजीत दोसांझ, अहान शेट्टी, मोना सिंह, मेधा राणा, सोनम बाजवा र अन्या सिंहको प्रमुख भूमिका रहेको छ । अनुराग सिंह र निखिल नटराजनले लेखेको यस फिल्मका निर्देशक अनुराग सिंह हुन् । त्यस्तै यो फिल्म भूषण कुमार, कृष्ण कुमार, जे.पी. दत्ता र निधि दत्ता (टी-सिरीज फिल्म्स र जे.पी. फिल्म्सको ब्यानर अन्तर्गत) ले बनेको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बोर्डर- २
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।