Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधी सभा निर्वाचन - २०८२

रुपन्देही-१ मा नेपाली कांग्रेसको चुनावी अभियान सुरु, तिलोत्तमामा कार्यालय उद्धाटन

रुपन्देही-१ मा नेपाली कांग्रेसको चुनावी अभियान सुरु, तिलोत्तमामा कार्यालय उद्धाटन

images
  • रुपन्देही-१ मा नेपाली कांग्रेसको चुनावी अभियान सुरु, तिलोत्तमामा कार्यालय उद्धाटन
    images
    images

    देवदह । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं १ मा चुनावी अभियान सुरु गरेको छ । तिलोत्तमा नगरपालिकाको वडा नं १५ बाट अभियान सुरु गरिएको पार्टीका जिल्ला सहसचिव तथा क्षेत्रीय प्रचार प्रसार सह-संयोजक वासुदेव रिमालले जानकारी दिए । 

    images
    images
    images

    शुक्रवार तिलोत्तमामा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गर्दै नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नं १ का उम्मेदवार हिरा बहादुर खत्रीले रुपन्देही-१ लाई केन्द्रसंग जोड्न आफुले उम्मेद्वारी दिएको बताए । 

    images
    images
    images

    'सहिद दिवसको दिन पारेर हामीले अभियान सुरु गरेका छौं । यो अभियान देवदह, तिलोत्तमा, रोहिणी र ओमसतियालाई केन्द्रसंग जोड्ने अभियान हो ।' उम्मेदवार खत्रीले भने, 'लोकतन्त्र, शान्ति, विकास र समृद्धिको लागि जीवनको आहुति दिनुभएका महान सहिदहरुको सपनाको लागि हिजो पार्टीभित्र लड्यौं, अब नयाँ ढंगले संसदमा लडिनेछ ।'

    images
    images
    images

    आफु देवदह निवासी भएको र जन्मेदेखि आजसम्म यहीको माटोलाई स्पर्श गरिरहेको उल्लेख गर्दै खत्रीले यस क्षेत्रका नागरिकले देखेको, बुझेको र भोगेको विषय संसदसम्म पूर्याउने प्रतिबद्धता जनाए । 
     
    कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाणले कांग्रेस नयाँ नीति र नेतृत्वसहित अघि बढेको बताए । 'रुपान्तरित कांग्रेसलाई अगाडि लैजान र नयाँ संकल्पसहित सबै दलहरुलाई रुपान्तरण गर्न हिरा बहादुर खत्रीजस्ता युवा उम्मेदवारले जीत हासिल गर्नुपर्छ ।' सभापति खाणले भने, 'सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणको लागि नगर प्रमुख भएर काम गरिसकेको र भूगोलको सुख-दुख बुझेको उम्मेदवार हामीले उठाएका छौं ।' 
     
    कार्यक्रममा पार्टीका रुपन्देही क्षेत्र नं १ निर्वाचन प्रचार प्रसार संयोजक हरि काफ्ले, क्षेत्रीय उपसभापति नविन राज आचार्य, तिलोत्तमा सभापति हरिलाल पाण्डेसहित महासमिति सदस्य, वडा सभापति लगायतको उपस्थिति रहेको पार्टीले जनाएको छ । 

    त्यसैगरी अभियानकै क्रममा रोहिणी गाउँपालिकास्तरिय बैठक सम्पन्न भएको पार्टीले जनाएको छ । बैठकमा पालिका सभापति पारस राज योगी, पुर्व क्षेत्रीय सभापति विश्वनाथ यादव, महासमिति सदस्य यक बहादुर सुनार लगायतको उपस्थिति रहेको जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।