देवदह । देवदह खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन आज हुँदैछ । निर्वाचनमा संयुक्त गठबन्धनबाट मोतिलाल ढकालको नेतृत्वमा एउटा र नेकपा एमालेबाट गुमानसिंह कुवरको नेतृत्वमा अर्को गरि दुई प्यानल भिड्दैछन ।
विहान ९ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचनको मतदान केन्द्रमा अध्यक्षका दुबै प्रत्यासी पुगेका छन् । देवदह आदर्श बहुमुखी क्याम्पसको गेट अगाडि र क्याम्पस प्राङ्गणमा भिडभाड बढ्दैछ ।
४ हजार ३ सयबढी उपभोक्ता रहेको देवदह खानेपानीको आजको निर्वाचनमा निर्वाचन प्रक्रियामा सहभागी हुन २ हजार ८ सय बढिले आफ्नो परिचय पत्र लिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology