काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले मुम्बई एमसीए प्रेसिडेन्ट-११ सँगको पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । मुम्बईको ब्रेबोर्न क्रिकेट स्टेडियममा विहिबार राति सम्पन्न खेलमा नेपालले मुम्बई-११ लाई ७ विकेटले पराजित गरेको हो ।
मुम्बई- ११ ले दिएको १४३ रनको लक्ष्य पछाएको नेपालले १७.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेलेका थिए । रोहितले अविजित ५० रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले ३८ र दिपेन्द्र सिंह ऐरीले २८ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बई-११ ले २० ओभरमा ९ विकेट गुमाउदै १४२ रन बनाएको थियो ।
विश्वकपको तयारीमा रहेको नेपाली टिमले अर्को अभ्यास खेल जनवरी ३१ मा सिसिआईसँग खेल्ने तालिका रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology