Logo

२०८३, श्रावण २७गते


images
images

'काँग्रेसको प्रधानमन्त्रीको उम्मेदवार टुँडिखेल या रंगशाला जहाँपनि बहस गर्न तयार छ'

'काँग्रेसको प्रधानमन्त्रीको उम्मेदवार टुँडिखेल या रंगशाला जहाँपनि बहस गर्न तयार छ'

images
  • 'काँग्रेसको प्रधानमन्त्रीको उम्मेदवार टुँडिखेल या रंगशाला जहाँपनि बहस गर्न तयार छ'
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काँग्रेसले सद्भावलाई गास्ने काम गर्ने बताएका छन् ।

    images
    images
    images

    विहिबार रामेछाप कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले भदौ २३ र २४ पछि नेपाली समाजमा अविश्वास बढेको र समाजमा टुटेको सद्भावलाई काँग्रेसले जोड्ने बताए ।

    images
    images
    images

    उनले काँग्रेसले पार्टीमा आमुल परिवर्तन गरेर निर्वाचनमा होमिएको बताउदै काँग्रेसले सद्भाव जोड्नेदेखि सुशासनको पक्षमा काम गर्ने दाबि गरे । उनले काँग्रेसले अहिले विगतमा गरेका राम्रा काम जनतामा लैजाने र गरेका गल्तिप्रति माफी माग्दै अगाडी बढ्ने स्पष्ट गरे ।

    images
    images
    images

    उपसभापति शर्माले सद्भाव, सुशासन र उन्नतिको मुद्धालाई अगाडी बढाउन काँग्रेसले सभापति गगन थापालाई अगाडी बढाएको बताए ।

    उनले काँग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार रहका सभापति गगन थापालाई टुँडिखेलमा होस् या रंगशालामा होस् बहस गर्न पठाउन तयार रहेको बताए । उनले काँग्रेसको प्रधानमन्त्रीको उम्मेदवारसँग अनुभव पनि छ उत्साह पनि छ, संयम पनि छ, परिपक्कता पनि छ धैर्यता पनि छ र भिजन पनि रहेको बताए ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।