Logo

२०८३, आश्विन ९गते


images
images

सीमा क्षेत्रका पम्पले विद्युतीय प्रणालीबाट भुक्तानी लिनुपर्ने

सीमा क्षेत्रका पम्पले विद्युतीय प्रणालीबाट भुक्तानी लिनुपर्ने

images
  • सीमा क्षेत्रका पम्पले विद्युतीय प्रणालीबाट भुक्तानी लिनुपर्ने
    images
    images

    काठमाडौं । नेपाल आयल निगमले भारतीय सीमाबाट २ किलोमिटर भित्र नेपालतर्फका भू-भागमा पेट्रोलियम पदार्थको खरिद बिक्रीमा नगद कारोबार निषेध गर्ने भएको छ ।

    images
    images
    images

    भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो रहेका कारण अपचलन हुन सक्ने जोखिम बढेको भन्दै यस्तो तयारी थालिएको निगमले जनाएको छ ।

    images
    images
    images

    ती क्षेत्रमा विद्युतीय माद्यमबाट मात्रै इन्धन खरिद बिक्रीको भुक्तानी हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । निगम सञ्चालक समितिको निर्णयबाट सीमा क्षेत्रका २ किलोमिटर नेपाल भित्रका सबै पम्पहरुमा इन्धन खरिद बिक्री बिद्युतीय प्रणालीबाट मात्रै गर्ने गरी व्यवस्था मिलाउन मातहतका डिपोलाई निर्देशन भएको निगमका प्रवक्ता उपाध्यायले बताए ।

    images
    images
    images

    ‘हामीले निगमका सबै प्रादेशिक डिपोलाई डिजिटल भुक्तानीको प्रणालीको व्यवस्था मिलाउन निर्देशन दिएका छौं, एक महिना भित्र बिद्युतीय कारोबार हुनेगरी काम अघि बढाउने लक्ष्य छ,’ प्रवक्ता उपाध्यायले भने ।

    भारतमा भन्दा नेपालतर्फ सीमा क्षेत्रमा अहिले डिजेल तथा पेट्रोलमा कम्तिमा १२ देखि ३० रुपैयाँसम्म प्रतिलिटर सस्तो रहेको निगमले जनाएको छ । विद्युतीय भुक्तानीबाट इन्धन खरिद बिक्रीको काम गर्दा बिक्रीको स्रोत पहिचान गर्न सजिलो हुने निगमको अनुमान छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।