Logo

२०८३, श्रावण २७गते


images
images

म पदलोलुप होइन, राज्यले दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति हुँ : कुलमान घिसिङ

म पदलोलुप होइन, राज्यले दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति हुँ : कुलमान घिसिङ

images
  • म पदलोलुप होइन, राज्यले दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति हुँ : कुलमान घिसिङ
    images
    images

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफु पदलोलुप होइन, राज्यले दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति भएको बताएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जाल र मिडियामा नागरिक सरकारका मन्त्री सरकार छोडेर चुनावमा आएर धोका दिएको भन्दै चौतर्फी आलोचना भएपछि कुलमानले यसप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्तो बताएका हुन् ।

    images
    images
    images

    कुलमानले भनेका छन्- 'आन्दोलनपछि राज्य संरचना प्रायः शून्यताजस्तो अवस्थामा पुगेको बेला चुनौती स्वीकार गर्दै मैले जिम्मेवारी सम्हालेको हुँ। आफ्नो अडान प्रष्ट राखेरै काम गरेको थिएँ र राजनीतिक प्रश्न उठेपछि पदबाट राजीनामा दिएको कुरा सर्वविदित छ। म पदलोलुप होइन, राज्यले दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति हुँ ।'

    images
    images
    images

    उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ११५ दिनको अवधिमा भएका कामकारबाहीहरूले आफ्नो जिम्मेवारीबोध पुष्टि गर्ने बताउदै उनले आफुविरुद्ध नियोजित रूपमा बदनाम गराउने मनसायसहित भइरहेका भ्रमपूर्ण प्रचार र टिकाटिप्पणी भएको र यसबाट प्रभावित नहुन आग्रह गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।