Logo

२०८३, श्रावण २७गते


images
images

मौसम

यस्तो छ आजको मौसम पूर्वानुमान ?

यस्तो छ आजको मौसम पूर्वानुमान ?

images
  • यस्तो छ आजको मौसम पूर्वानुमान ?
    images
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ ।

    images
    images
    images

    हाल सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा भैरहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

    images
    images
    images

    आज राती कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरू, लुम्बिनी प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपात/वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षा को सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित असिनाको समेत सम्भावना रहेको छ । 

    images
    images
    images

    आज राती देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश,  गण्डकी प्रदेश र कर्णाली प्रदेश प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।