राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिकाले नगरभित्र रहेका विद्यालयका शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ । सोमबार एक कार्यक्रमका विच नगरभित्रका सामुदायिक र निजि गरि २० जना शिक्षक तथा कर्मचारीलाई नगरपालिकाले सम्मान गरेको हो ।
शिक्षक तथा विद्यालय कर्मचारीले आफू उत्कृष्ट भएको दाबी सहितको निबेदन देवदह नगरपालिकामा पेश गरेको आधारमा देवदह नगरपालिकाले सोही बमोजिम मुल्यांकन गरी उत्कृष्ट २० मा परेकालाई सम्मान गरिएको नगरपालिकाका शिक्षा प्रमुख टिकाराम शर्माले बताए ।
सम्मानित हुनेहरूमा महामाया भवानी माविका ॠषिश्वेर अर्याल, कुन्तिकुमारी भुसाल, निलराज बस्याल, भीम प्रसाद न्यौपाने, जनप्रीय माविका गायत्री प्रसाद खरेल, देवदह इ.बो. स्कुलका मनबहादुर क्षेत्री, एशियन लाइटका सरीता नेपाल, रिता भुसाल र सुमी विक, भविष्य निर्माण माविका ॠषिभक्त आचार्य र यमलाल भट्टराई, सगरमाथा आवासिय माविका ललिता न्यौपाने, व्यास आविका मीनादेवी पोखरेल, प्रगति माविका हुम प्रसाद पाठक, साईबाबा विद्यापिठका लिला शर्मा भण्डारी, न्यु नमुना बो. ई. स्कुलका चन्द्रकला ढकाल भट्टराई, जनता माविका मोहन थापा, केरवानी माविका लक्ष्मण प्रसाद थारू, कमला खनाल र कुन्ती ओझा ढकाल रहेका छन् ।
कार्यक्रममा सबै २० जना शिक्षक तथा विद्यालय कर्मचारीलाइ खादा, सम्मान पत्र र नगद ७ हजार पाँच सहित सम्मान गरिएको थियो ।
कार्यक्रम देवदह नगरपालिकाका उप प्रमुख तथा शिक्षा तथा खेलकुद बिकास समितिकी संयोजक बिद्यालक्ष्मी गुरुङ्गको अध्यक्षता रहेको उक्त कार्यक्रममा नगर प्रमुख हिरा बहादुर खत्रीको प्रमुख आतिथ्यता तथा नगर शिक्षा शाखा प्रमुख टिकाराम शर्माको स्वागत तथा शिक्षा अधिकृत पर्शुराम ढकालको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology