Logo

२०८३, आश्विन ९गते


images
images

बास्केटबलमा रहर, ह्विलचियरको भर

बास्केटबलमा रहर, ह्विलचियरको भर

images
  • सेतोमसी सहकर्मी
  • बास्केटबलमा रहर,  ह्विलचियरको  भर
    images
    images

    खेलराज कार्की, काठमाडौँ । हातमा बास्केटबल शरीर ह्विलचियरमा  खुम बहादुर पाण्डेको सपना राष्ट्रिय बास्केटबल टोली बाट खेल्ने छ ।  बागलुङ जिल्लाको डोरपाटन नगरपालिका बुर्तिबाङमा जन्मिएका  उनी  विपन्न परिवारका सदस्य हुन ।

    images
    images
    images

    पाण्डेको जन्मजात देखि नै दुइटै खुट्टा नचल्ने भएको थियो। उनको उपचारका लागि  घरपरिवार धेरै समय  अस्पताल धाए उपचार   अस्पतालमा सम्भव नभएपछि  शिविरले  उनलाई काठमाण्डौमै साँखुमा रहेको “हाम्रो गाउँ इको भिलेजमा लगेको र त्यहाँ  थोरै बसाइ पछि आफू  खगेन्द्र नवजीवन केन्द्र जोरपाटीमा आएको उनी बताउँछन  । अपाङ्ग रहेका खगेन्द्र बहादुर बस्नेतको परिकल्पना अनुसार २०२६ सालमा स्थापना भएको ‘नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्र’ बेसहारा अपाङ्गता भएका व्यक्तिको सहाराको थलो रहेको छ । राजधानीको जोरपाटी हुँदै साँखु जाने बाटोमा नारायणटार चोक र बागमती पुलको बिचमा अवस्थित  खगेन्द्र नवजीवन केन्द्रमा आफ्नो नियमित व्यक्तिगत काम गर्न नसक्ने ‘क’ वर्गका पूर्ण अपाङ्गता भएका व्यक्तिलाई सेवा प्रदान गर्दै आएको छ । यहाँ  अवस्थित १८ जना अपाङ्गहरूको खर्च नेपाल सरकारले गर्छ भने बाँकी केन्द्रले कार्यालय परिसर अगाडिका सटर भाडाबाट हुने आम्दानी तथा विभिन्न दाताको सहयोगमा व्यवस्थापन गर्दै आएको छ ।

    images
    images
    images

     

    images
    images
    images

    पाण्डेयको सुरुवाती दिन  तेती सहज तरिकाले बितेन समाजले उनलाई हेर्ने नजर नै फरक थियो उनले भने  “ समाजमा जतिनै शिक्षित व्यक्तिहरू भएपनि हामी जस्तो फरक क्षमता भएकालाई भेदभाव कम भएको छैन  उनले थपे  “आफूलाई मन लागेको ठाउँमा  जान सकिदिन  सबै ठाउँहरू अपाङ्ग  मैत्री पनि त् हुदैनन्  तसैले  कति गर्न  मन लागेका कुराहरू मनैमा  गुम्सिन्छ कहिले कहिँ त् लाग्छ अघिल्लो  जन्मको गल्तिको  सजाए अहिले भोग्न परिरहेको छ” उनले मलिलो मुहार बनाउदै भने  

     

     उनको सुरुवाती दिनमा खेलप्रतिको रुचि  कसरी भयो भन्दा  उनी  भन्छन्  “ नवजीवन केन्द्रको  मेरो सुरुवाती दिनहरु अग्रहज दाईहरुले  खेलेको हेर्थे लाग्थ्यो  म पनि यसरीनै सक्छु होला खेल्न, मन त् थियो आफू पनि खेल्ने  तर सोचे   जस्तो सहज थिएन बास्केटबल खेलको लागि फरक रहेछ ह्विलचियर हुदो   सुरु सुरु  एकदमै गाह्रो हुन्थ्यो कति चोटी लडियो, ह्विलचियरले हात पनि च्याप्यो, हेर्नभन्दा खेल्न  झनै गारो हुदो रहेछ  तर दृढ सन्क्लप र  धेरै मेहनत गरि  आज बास्केटबलको टुर्नामेन्ट खेल्न अन्य जिल्ला जान सक्ने भए उनले थपे “केही कुरा सिक्ने चाहना मनै बाट भयो भने केही असम्भव छैन” पाण्डे धेरै प्रतियोगितामा जिल्ला बाहिर जाने गर्छन ।  उनले बिभिन्न प्रतियोगितामा पदक समेत हात पारेका छन् ।  कहिले  सफलता कहिले असफलताले सिकाएको पाठले पाण्डेले  खेल जीवन बिताइरहेका छन्  । 

    263760494_321238449839426_403260646399409908_n (1).jpg

     

     १८ वर्षीय खुमबहादुर  खेलमा मात्र हैन पढाईमा पनि अब्बल छन् । कक्षा प्रथम विद्यार्थी उनी अहिले कक्षा १० मा अध्ययन गर्छन् । उनले भने “अहिले एस इ इ परीक्षा हो खेल र पढाईलाई सङ्सङै लाने मेरो बिचार हो हेरम कति सफल हुन्छ । उनले थप्छन् घरकाले पढ्न मात्र भन्छन् तर मलाई खेल खेल्दा छुट्टै आनन्द को महसुस हुन्छ । यदि शिक्षा क्षेत्रमा सफला हासिल  भएन भने खेलजीवन त् होलानी उनले भने

      पढाईमा र खेलकुद क्षेत्रमा उत्तिकै रुचि राख्ने पाण्डे जिल्लाका  चर्चित खेलाडी भइसकेका छन्। त्यो स्थानमा पुग्नलाई भने त्यति सहज नभएको उनी बताउँछन  ।  जीवन एउटा ह्विलचेयर जोडिएको छ । उनि भन्छन्, खाली समयमा बास्केट बल खेल्छौ । खेलका क्रममा उनले भने अनुसार सबैलाई उस्तै नियमहरू हुन्छ । त्यसमै हामीहरू खुसी छौं । किनकि हामी फरक क्षमता भएकाहरूले पनि ए लेबल  खेल्न पाउछौ  । बास्केटबलमा बि लेबल म्याच   फरक क्षमता भएकाले खेलिने म्याच हो  ।  दुबै लेबल खेल्न पाउदा अन्य  प्रतिस्पर्धी सँग प्रतिस्पर्धा गर्न सकिन्छ भने स्थानमा पुगेका छौ ।

          

        हाल पाण्डे रहेने संस्थामा उनी जस्तै फरक क्षमता   भएका मध्ये २० देखि ४०  वर्ष सम्मका व्यक्तिहरूले फरक फरक किसिमका कामहरू गर्दै आएका छन् । कोहि  नेपाली ब्रान्डका सामानहरु बनाइरहेका छन् । ती समान   मध्य कुनै चीन, भारत अन्य देशमा लगिन्छ । जसमध्ये नेपालमा पनि थोरै मात्रामा पाइन्छ तर अलिक महंगो पर्ने भएकाले बाहिर पठाइन्छ । 

       

          उनीहरूको जीवनमा फरक किसिमका अनुभवहरू छन् । त्यस मध्ये एक बास्केट बल खेल्ने खुम बहादुर को छुट्टै जीवनका उतार चढाव छन् ।  उ आफै बेला बेला घर मा पनि जान्छन् । घरबाट आउन धेरै टाढाको  भएकाले उ समय मिलाएर सार्वजनिक बस मा घर जाने गर्द छन् । उनि भन्छन्   “ घर परिवारबाट खेलमा खासै  सहयोग मिलेको छैन तर पनि म खेल्न  पछि हटेका छइन “

      270063562_333850995244838_1910843602215888349_n (1).jpg

         अबको समयमा पढाईसँगै खेललाई पनि समय छुट्टाउने पहिलाको भन्दा बढि अभ्यास गर्दै आएको  उनले सुनाए ।  उनी खेल संगै  लोकसेवा आयोग तिर पनि तयार गर्ने  विचारमा छन् । शरीरले साथ दिउञ्जेलसम्म बास्केट बल खेल्ने उनको बिचार छ ।

     

    शारीरिक असक्षमता कसैको रहर हुदैन । यो त कुनै  पनि मानिसहरुलाइ मात्र हुन सक्ने प्राकृतिक कुरा हो । जसलाई जसरी पनि र जहिले सुकै हुन  सक्दछ। शारीरिक रूपमा असक्षम भएको मानिसहरुलाइ कठैबरा छिःछि र दुरदुर हैन सहानुभूति माया र अबसरको अनुभूति दिन आबश्यक हुन्छ।

    263630931_321238076506130_8338224186257217467_n (1).jpg

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।