Logo

२०८३, आश्विन ९गते


images
images

एआर रहमानको अन्तर्वार्ता विवादमा, किन दिनुपर्यो स्पष्टीकरण ?

एआर रहमानको अन्तर्वार्ता विवादमा, किन दिनुपर्यो स्पष्टीकरण ?

images
  • एआर रहमानको अन्तर्वार्ता विवादमा, किन दिनुपर्यो स्पष्टीकरण ?
    images
    images

    काठमाडौँ । बलिवुडका संगीतकार एआर रहमानको बीबीसीसँगको अन्तर्वार्ता विवादमा परेपछि आफ्नो स्पष्टीकरण दिदै भारतीय भएकोमा गर्व गरेको बताएका छन् ।

    images
    images
    images

    उनले एक भिडियो सन्देश जारी गर्दै बीबीसीसँगको अन्तर्वार्तामा उनले दिएको बयानलाई लिएर विवाद भइरहेको विषयमा स्पष्ट समेत पारेका छन् ।

    images
    images
    images

    रहमानले अन्तर्वार्तामा उनले फिल्म उद्योगमा कामको अभाव र भेदभावको बारेमा टिप्पणी गरेका छन् । रहमानले भने 'संगीत सधैं मेरो लागि संस्कृतिसँग जोडिने, उत्सव मनाउने र सम्मान गर्ने माध्यम भएको छ। भारत मेरो प्रेरणा, मेरो शिक्षक र मेरो घर हो ।'

    images
    images
    images

    उनले अगाडी भनेका छन् 'म बुझ्छु कि कहिलेकाहीं कसैको मनसायलाई गलत बुझिन सक्छ । तर मेरो उद्देश्य सधैं संगीत मार्फत सम्मान र सेवा देखाउनु रहेको छ । मेरो मनसाय कहिल्यै कसैलाई चोट पुर्‍याउने थिएन, र मलाई आशा छ कि मेरो इमानदारीलाई मान्यता दिइनेछ ।'

    उनले आफु भारतीय भएकोमा गर्व गर्ने बताउदै यो पहिचानले आफूलाई अभिव्यक्त गर्ने ठाउँ, अभिव्यक्ति स्वतन्त्रता र विभिन्न संस्कृतिहरूबाट आवाज सुन्ने अवसर दिएको बताएका छन् । संस्कृतिहरूमा आफ्नो संगीतमय कार्यलाई सम्झँदै एआर रहमानले यी सबैले उनको उद्देश्यलाई बलियो बनाएको बताएका छन् ।

    उनले भने 'म यस देशप्रति आभारी छु र विगतलाई सम्मान गर्ने, वर्तमानमा बाँच्ने र भविष्यलाई प्रेरणा दिने संगीतप्रति प्रतिबद्ध छु ।'

    बीबीसीलाई दिएको अन्तर्वार्तामा रहमानले बलिवुडमा कामको लागि साम्प्रदायिकता झल्किने संकेत गरेपछि विवाद भएको थियो । उनेल आफु काम माग्न नजाने तर कसैले पनि उनलाई सिधै नभने पनि केही कानेखुशी आफुले सुनेको बताएका थिए ।

    रहमानको भनाईप्रति जावेद अख्तर, शोभा डेसहितका बलिवुडका सिनियरहरुले आलोचना गरेका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एआर रहमान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।