Logo

२०८३, श्रावण २७गते


images
images

माघ ६ गतेको मनोनयन दर्ता रोक्न देउवा पक्षको माग

माघ ६ गतेको मनोनयन दर्ता रोक्न देउवा पक्षको माग

images
  • माघ ६ गतेको मनोनयन दर्ता रोक्न देउवा पक्षको माग
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले माघ ६ गते हुने उम्मेदवारको मनोनन दर्ता रोक्न माग गरेको छ ।

    images
    images
    images

    फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत माग ६ गते मंगलबार उम्मेदवारको मनोनयनको कार्यतालिका रहेको छ । काँग्रेसको विवाद सर्वोच्च अदालतमा पुगेपछि देउवा पक्षले दायर गरेको रिटमा मंगलबारको मनोनयन दर्ता रोक्नुपर्ने माग गरेको हो ।

    images
    images
    images

    देउवा पक्षले सर्वोच्चमा दिएको रिटमा उम्मेदवारी चयन रोक्न, निर्वाचन आयोगले दिएको निर्णय बदर गर्न र विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति भंग गर्न माग गरेको छ । आज पेश भएको रिट दर्ता भएर मंगलबार पेसी तोकिने बताइएको छ । 

    images
    images
    images

    यसैबीच देउवा पक्ष आजै निर्वाचन आयोग पुगेर सर्वोच्चमा रिट दर्ता भएको र गगन थापा पक्षको उम्मेदवारी चयन र मनोनयन दर्ता रोक्न र मनोनयनको अर्को मिति तोक्न परमादेश पनि माग गरेका छन् ।

    देउवा पक्षले रिटको प्रतिलिपी आयोगमा पेश गरेर रिट बारे जानकारी गराएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।