देवदह । ग्रेट फ्युचर किड्स मन्टेश्वरी देवदह-७ पाकडीको बार्षिकोत्सव तथा फुड फेस्टिवल कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको कार्यक्रममा प्रमुख अतिथि वासुदेव रिमाल, विशिष्ट अतिथि रामप्रसाद खरेल रहेका थिए । त्यस्तैगरी अतिथिहरुमा नर्मदा पाण्डे, लिला न्यौपाने, कृष्णप्रसाद न्यौपाने र चीरन्जीवी अधिकारी रहेका थिए ।
कार्यक्रममा बोल्दै वक्ताहरू रामप्रसाद खरेल र वासुदेव रिमालले बालमैत्री शिक्षा, प्रारम्भिक बाल विकास र यस्ता रचनात्मक कार्यक्रमहरूले बालबालिकाको सर्वाङ्गीण विकासमा पुर्याउने योगदानबारे प्रकाश पारे । विद्यालयका सञ्चालक बिष्णु प्रसाद भुर्तेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन आर्या भुर्तेल र मनीसा बोहोराले संयुक्त रूपमा गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology