Logo

२०८३, आश्विन ९गते


images
images

राजनीति

म कुनै पार्टीमा जान्न, धनगढीबासीले दिएको जिम्मेवारी पुरा गर्छु : गोपाल हमाल

म कुनै पार्टीमा जान्न, धनगढीबासीले दिएको जिम्मेवारी पुरा गर्छु : गोपाल हमाल

images
  • म कुनै पार्टीमा जान्न, धनगढीबासीले दिएको जिम्मेवारी पुरा गर्छु : गोपाल हमाल
    images
    images

    धनगढी । धनगढीका स्वतन्त्र मेयर गोपाल हमालले कुनै पनि पार्टीमा आबद्ध नहुने बताएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जाल र मिडियामा हमाल रास्वपा जाने हल्ला चलेपछि उनले पाँच वर्षसम्म धनगढीको जनताको सेवा गर्ने स्पष्ट गर्दै कुनै पार्टीमा नजाने बताएका हुन् । 

    images
    images
    images

    उनले भनेका छन्- 'मैलै कुनै पनि पार्टी प्रवेश गर्ने योजना बनाएको छैन । मलाई धनगढीका मतदाताले पाँच वर्षका लागि स्वतन्त्र मेयरका रुपमा निर्वाचित गराएका हुन् । म धनगढीबासीले दिएको जिम्मेवारी र विश्वासलाई इमानदार भएर पूरा गर्ने प्रयासमा छु । पाँच वर्ष पूरा नहुँदासम्म म कुनै पनि राजनीतिक दलमा लाग्ने छैन ।'

    images
    images
    images

    उनले निराधार समाचारमा विश्वास नगर्न अनुरोध गर्दै भनेका छन्- 'मलाई जनताले स्वतन्त्र मेयर भनेर जिताएका हुन् । म जनाताको म्याण्डेडअनुसार २०८४ को स्थानीय चुनावसम्म स्वतन्त्र नै रहेर काम गर्छु । अहिले कुनै पनि पार्टी प्रवेश गर्ने योजना छैन । हल्ला र सामाजिक सञ्जालका पछि नलाग्न सबैमा मेरो अनुरोध छ ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोपाल हमाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।