Logo

२०८३, आश्विन ९गते


images
images

हिउँदे ओलम्पिक खेलकुदमार्फत चीनको हरित विकासमा अठोट प्रदर्शन

हिउँदे ओलम्पिक खेलकुदमार्फत चीनको हरित विकासमा अठोट प्रदर्शन

images
  • सेतोमसी सहकर्मी
  • हिउँदे ओलम्पिक खेलकुदमार्फत चीनको हरित विकासमा  अठोट प्रदर्शन
    images
    images

    पैचिङ हिउँदे ओलम्पिक खेलकुद उद्घाटन समारोहमा विशेष प्रज्वलन तरिकाले विश्वको ध्यान तानेको छ। दुई जना ज्योति वाहकले अन्तिम ज्योतिलाई ठूलो हिमपात आकृतिको केन्द्रमा राखेका छन्। विदेशी नेटिजनले कमेन्ट गर्दै त्यसबाट चीन सफा ऊर्जा प्रयोग गर्ने अभ्यासी र वातावरण संरक्षण वास्ताको अधिवक्ता हो भन्ने प्रमाणित भएको भनी टिप्पणी गरेका छ।

    images
    images
    images

       

    images
    images
    images

        सन् २०२० मा चीनले विश्वलाई वचन गरेको थियो कि सन् २०३० अघि कार्बन शिखर र सन् २०६०अघि कार्बन तटस्थ हुनेछ। ती लक्ष्यलाई पूरा गर्न चीनले अनेकौँ नीति र कदम सार्वजनिक गरी सकेसम्म प्रयास गरिरहेको छ। चलिरहेको पैचिङ हिउँदे ओलम्पिक खेलकुदले हरित ओलम्पिक खेलकुदको आयोजना गर्ने चार वटा विचारको प्राथमिकतामा राखेर चीनको हरित विकासको अठोट देखाएको छ।

    images
    images
    images

      

        पैचिङ हिउँदे ओलम्पिक खेलकुद भवनहरूमध्ये ६ वटा सन् २००८ पैचिङ ग्रीष्मकालीन ओलम्पिक खेलकुदका भवनहरू हुन्। तीमध्ये सबभन्दा चर्चित बर्डनेस्ट सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुद उद्घाटन र समापन समारोहको आयोजना स्थल पनि हो। साथै वाटरक्यूब पनि आइसक्यूब बनेको छ भने हिउँदे ओलम्पिक खेलकुद क्रममा कर्लिङ्ग प्रतियोगिता त्यहाँ आयोजना हुन्छ। हिउँदे ओलम्पिक खेलकुद सम्पन्न भएपछि भवनलाई पानी र बरफबीचको आवश्यक अनुसार रूपान्तरण गर्नसकिन्छ। साथै विश्वमा पानी र वरफबीच रूपान्तरण हुनसक्ने पहिलो भवन पनि हो। अरू भवनहरूको तयारी र निर्माण गर्दा पनि कम कार्बनका आधारमा गरिएको छ।

      

    यसबाहेक सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुद र हिउँदे अपाङ्ग ओलम्पिक खेलकुदका सबै भवनहरूमा हरित विजुली उपलब्ध गराइएको छ। चाङपेइ लचिलो डीसी ग्रिड परीक्षण नमूना परियोजनाले पैचिङ हिउँदे ओलम्पिक खेलकुद भवनको नवीकरणीय ऊर्जा प्रदान गर्छ भने चाङच्याखौ शहरको वायुउर्जा, फोटोभोल्टिकलगायत ऊर्जा पैचिङ शहर तथा येनछिङ प्रतियोगिता क्षेत्रसम्म पुर्‍याउँछ।

    चीनको प्रयासबाट विश्वले चीनको हरित विकासको अठोट हेर्न पाएको छ। रोयटर्सले चीनले हिउँदे ओलम्पिक खेलकुदमार्फत वातावरण सुधार बढाएको र त्यसका लागि निकै ठूलो प्रयास गरेको लेखेको छ। बेलायतको प्रकृति पत्रिकाले एक फिचर प्रकाशित गर्दै पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा कार्बन तटस्थ बारे जानकारी दिनुका साथै कार्बन निष्कासन घटाउन चीनले गरेको प्रयासमाथि उच्च प्रशंसा गरेको छ। पत्रिकाले अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयको सान डिएगो स्कुलको ऊर्जा प्रणाली अनुसन्धानकर्ता माइकल डाइभिसनको दृष्टिको उद्धृत गरी पैचिङ हिउँदे ओलम्पिक खेलकुदले १३ लाख टन कार्बन निष्काशनलाई घटाउने जुन धेरै छैन तर व्यापक कार्यक्रममा कार्बन तटस्थ हुने संभावना देखाइएको उल्लेख गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।