Logo

२०८३, श्रावण २७गते


images
images

अर्जुन सापकोटाको प्रस्तुतिमा झुम्यो देवदह, सोमबार दुर्गेश आउँदै

अर्जुन सापकोटाको प्रस्तुतिमा झुम्यो देवदह, सोमबार दुर्गेश आउँदै

images
  • अर्जुन सापकोटाको प्रस्तुतिमा झुम्यो देवदह, सोमबार दुर्गेश आउँदै
    images
    images

    देवदह । देवदहमा जारी दशौँ देवदह महोत्सवको पाँचौ दिन दर्शकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । मेलाका सांस्कृतिक संयोजक गोविन्द ठडराईले आइतवार गायक सापकोटाको प्रस्तुतिमा देवदह झुमेको बताए ।

    images
    images
    images

    'देवदह, सुनवल र आसपासका दर्शकले देवदह मण्डप खचाखच भएको छ ।' संयोजक ठडराईले भने, ' स्थानीय र राष्ट्रियस्तरका कलाकारको आगमन बढ्दो छ ।

    images
    images
    images

    आइतवार दर्शकको उपस्थिति हालसम्म कै उच्च रहेको मेलाका टिकट व्यवस्थापन उपसमिति संयोजक गङ्गा विकले बताए । उनले आइतवार १० हजार दर्शकले मेला अवलोकन गरेको बताए । 

    images
    images
    images

    यसैगरी महोत्सवमा डान्सिङ आइडल सुरु भएको छ भने  सोमवारदेखि विज्ञान प्रदर्शनीसमेत सुरु हुने जनाइएको छ ।

    महोत्सवमा सोमवार  चर्चित गायक दुर्गेश थापाको   प्रस्तुति रहने जनाइएको छ ।  मेलाका प्रसार-प्रसार संयोजक विष्णु पोखरेलले दुर्गेशको प्रस्तुतिमा दर्शक सङ्ख्या अझै बढ्ने अनुमान गरिएको बताए । 

    माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु‍¥याउँदै आएको आयोजकको भनाइ छ ।

    मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, विज्ञान प्रदर्शानी, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोन लगायतका आकर्षक रहने जनाइएको छ ।

    स्थानीय तथा सांस्कृतिक खानाका होटलसहित २५० वटा स्टल रहको महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोवार हुने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।