Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

रास्वपाले एकतर्फी रुपमा एकता भंग गर्यो : कुलमान घिसिङ

रास्वपाले एकतर्फी रुपमा एकता भंग गर्यो : कुलमान घिसिङ

images
  • रास्वपाले एकतर्फी रुपमा एकता भंग गर्यो : कुलमान घिसिङ
    images
    images

    काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकतर्फी रुपमा एकता भंग गरेको आरोप लगाएका छन् ।

    images
    images
    images

    पत्रकार सम्मेलन गर्दै घिसिङले आफुहरुलाई एकतापछिको १२ दिन पीडादायी भएको बताउदै आज एकतर्फी रुपमा एकता भंग गरेको आरोप लगाएका हुन् । उनले रास्वपाले सहमति भंग गरेको भन्दै उनले १२ दिनसम्म हाम्रो अभियानलाई ब्लक गरेर ठुलो क्षति पुर्याएको समेत आरोप लगाए । उनले उज्यालो नेपाल पार्टीले आफ्नो बाटो आफै लिने बताउदै आफु अत्यन्त लचक भएर त्याग गर्दा पनि त्यसलाई आफ्नो कमजोरीको रुपमा लिएको बताए ।

    images
    images
    images

    घिसिङले भने- ' म आज अत्यन्त मर्माहत भएको छु । यस बिचमा अगाडी बढौं भने उहाँहरुले अगाडी बढ्न नदिने, पछाडी जाउ भने जान नसक्ने, हामीलाई १२ दिन अत्यन्त अप्ठ्यारो अवस्थामा पुगेका थियौं ।'

    images
    images
    images

    जनताको भावनालाई कदर गर्नुपर्छ भनेर आफुहरु सहमतिमा गएको भएपनि सहमति कार्यान्वयन नभएको र एकतर्फी रुपमा सहमति तोडिएपछि आफुहरु आफ्नै किसिमले अगाडी बढ्ने बताए । उनले उज्यालो नेपाल पार्टीले १६५ सिटमै उम्मेदवार उठाउछौं र छोट समय भएकाले आफ्नो निर्वाचन अभियान अगाडी बढाउने बताए ।

    उज्यालो नेपाल पार्टीले आजदेखि औपचारिक रुपमा घिसिङलाई अध्यक्षमा नियुक्त गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।