Logo

२०८३, आश्विन ९गते


images
images

केरवानी मावि निर्वाचन : गठबन्धन प्यानल भारी मतले विजयी

केरवानी मावि निर्वाचन : गठबन्धन प्यानल भारी मतले विजयी

images
  • केरवानी मावि निर्वाचन : गठबन्धन प्यानल भारी मतले  विजयी
    images
    images

    देवदह । देवदहस्थित केरवानी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा संयुक्त गठबन्धन विजयी भएको छ । निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनको प्यानल नै विजयी भएको हो ।

    images
    images
    images

    अन्तिम मतगणना अनुसार खुल्ला सदस्यतर्फ संयुक्त गठबन्धनका विरेन्द्र पाण्डेले ३६४ र  धनकुमारी सापकोटाले ३५७ मत ल्याएर विजयी भएका छन् । त्यसैगरि महिला सदस्य तर्फ गठबन्धनकै पदमकुमारी रिजालले ३६८ मत र सीता काफ्लेले ३६३ मत ल्याएर जित हासिल गरेका छन् ।

    images
    images
    images

    त्यसैगरी, नेकपा एमाले प्यानलबाट खुल्ला उम्मेदवार बनेका देवी प्रसाद न्यौपानेले २५३ मत र बालानन्द न्यौपानेले २४४ मत तथा महिलातर्फ दिलमाया सुनारले २३९ मत र माया भण्डारीले २३९ मत ल्याएका छन् ।

    images
    images
    images

    कुल ६६५ मत खसेको निर्वाचनमा ४२ मत बदर भएको विद्यालयका प्रधानाध्यापक दुर्गादत्त शर्माले बताएका छन् ।

    प्यानल नै विजयी भएपछि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सहित सबै पदमा गठबन्धन आउने लगभग पक्का भएको छ भने नेकपा एमाले विद्यालय व्यवस्थापनको समितिबाट बाहिरीने भएको छ ।

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।