Logo

२०८३, श्रावण २७गते


images
images

निर्वाचन केन्द्रीत हुँदै काँग्रेस, रुपन्देहीका सवै वडामा पार्टी कार्यालय स्थापना गरीने 

निर्वाचन केन्द्रीत हुँदै काँग्रेस, रुपन्देहीका सवै वडामा पार्टी कार्यालय स्थापना गरीने 

images
  • निर्वाचन केन्द्रीत हुँदै काँग्रेस, रुपन्देहीका सवै वडामा पार्टी कार्यालय स्थापना गरीने 
    images
    images

    भैरहवा । संघीय सरकारले स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसगैं नेपाली काँग्रेस रुपन्देही निर्वाचन गतिविधिमा केन्द्रीत भएको छ । जिल्ला कार्यसमितिको बैठक सम्पन्न गर्दै कांग्रेसले उम्मेदवार छनौटमा तथा प्रचार प्रसारका कामलाई प्रभावकारी बनाउन कार्यविभाजन गरेको हो । 

    images
    images
    images


    यसैक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकको आतीथ्यतामा पार्टी कार्यालय भैरहवामा सोमवार बसेको जिल्ला कार्यासमितिको बैठकले सवै बडामा पार्टी बडा कार्यालय स्थापना गर्ने तथा टोल समीती गठन गर्ने निर्णय गरेको छ । 

    images
    images
    images

    फागुन मासन्त भित्र जिल्लाका १ सय ५५ बटै बडामा पार्टीका बडा कार्यालय स्थापना गर्ने र सवै टोलमा पार्टीका टोल समीती गठन गर्ने निर्णय भएको नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी दिए । 

    images
    images
    images


    त्यस्तै पार्टीका गतीविधि अनुगमन गर्नकोलागी उपसभापति अनीता शाहको सयोंजकत्वमा अध्ययन समिति समेत गठन गरीएको छ । उक्त समीतीमा प्रध्यापक, शिक्षक, वकील तथा पत्रकार समेत रहने कांग्रेसले जनाएको छ । 


    उक्त समितिले स्थानीय तहकालागी आकांक्षी र लोकप्रीय उम्मेदवारहरुको बारेमा समेत अध्यन गर्ने काँग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले बताए । 


    पार्टीले आगामी फागुन २२ मा सहीद यादवनाथ आलोक र रामप्रशाद चौधरीको स्मृतीमा रुपन्देही क्षेत्र नं १ को सुरज पुरामा स्मृतीसभा एवं सहिद परिवार सम्मान कार्यक्रम समेत गर्ने भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।