Logo

२०८३, श्रावण २७गते


images
images

समाज

देवदह अब सडकआश्रित मानवमुक्त नगर

देवदह अब सडकआश्रित मानवमुक्त नगर

images
  • देवदह अब सडकआश्रित मानवमुक्त नगर
    images
    images

    देवदह । देवदहालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर घोषणा गरिएको छ । देवदह नगरपालिकाको आयोजना र मानव सेवा आश्रम मानवता प्रवद्र्धन महाअभियान रुपन्देहीको सहयोगमा सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर घोषणा गरिएको हो । 

    images
    images
    images

    योसंगै देवदह सहयोगापेक्षी सडकआश्रित मानवमुक्त तेस्रो नगर बनेको छ । मानव सेवा आश्रमले रुपन्देहीमा अहिलेसम्म ५१ जना सडकआश्रित मानवलाई उद्दार गरिएको टिका थापाले जानकारी दिइन् । 

    images
    images
    images

    घोषणासँगै देवदह नगरपालिका र मानव सेवा आश्रम वीच सम्झौता भएको छ । देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेल र मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

    images
    images
    images

    सहयोगापेक्षी बेसहारा सडकमानव मुक्त देवदह नगरपालिका र घोषणा पश्चातको पूर्ण कार्यान्वयनका लागि नगरपालिका र मानवसेवा आश्रम वीच सडक आश्रित सहयोगापेक्षी बेसहारा मानवहरुको व्यवस्थापन गर्ने गरी सम्झौत गरिएको हो । सम्झौता पश्चात जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले देवदह नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर घोषणाको प्रमाणपत्र प्रदान गरे । 

    कार्यक्रममा बोल्दै प्रमुख चपाईले मानवीय सेवा नै सवैभन्दा ठूलो धर्म भएकोले सडकमा आश्रित मानवको व्यवस्थापनमा सवै लाग्नु पर्नेमा जोड दिए । उनले दैनिक जीवनमा गरिने खर्च कटौती गरेर भएपनि सडक आश्रित मानव व्यवस्थापनको लागि सवैले सहयोग गर्न आग्रह गरे । चपाईले माघ महिना भित्र रुपन्देहीलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त जिल्ला घोषणा गर्ने गरी तयारी गरिरहेको जानकारी दिए । देशको राजनैतिक परिस्थितीका कारण रोकिएको कामलाई तिव्रता दिएकोले माघ महिना भित्र जिल्लालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषण गर्ने बताए ।

    कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल, नेपाली काग्रेसका नगर सभापति गुनाखर भुर्तेल लगायतले बोल्दै सम्झौता कार्यान्वयनमा जोड दिएका थिए । 

    उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र पर्शुराम ढकालको संचालनमा कार्यक्रम भएको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # सडकआश्रित
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।