देवदह । अभिभावकमाथि हातपात गरेको आरोप लागेका केरवानी माध्यमिक विद्यालयका शिक्षक यज्ञ प्रसाद न्यौपानेले आफुप्रति लागेको आरोपको खण्डन गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै न्यौपानेले आफु निर्दोष रहेको र आफुमाथि अभिभावक विरेन्द्र पाण्डेले झुटो आरोप लगाएको बताएको हुन् ।
पत्रकार भेटघाटमा शिक्षक न्यौपानेले एउटा विद्यार्थीले चुनावी पर्चा निकालेको र सोहि छलफल भैरहेको बेला अभिभावक पाण्डे आक्रोशित भएर मोबाइलमा भिडियो कैद गरेको बताए । उनले भने, 'एउटा विद्यार्थीले पर्चा देखाएको थियो, मैले स्कुलमा यस्तो गर्न हुन्न भन्दै थिएँ सो दृश्यलाई बुझ्ने सवालमा केही समस्या भयो भन्ने लाग्छ ।'
आफूले अभिभावकलाई हातहाल्ने कुरा कल्पना पनि गर्न नसक्ने बताउँदै न्यौपानेले सानो कुरालाई प्रचार गरिएकोमा आफुलाई दु:ख लागेको बताएका छन् ।
स्मरण, रहोस्, आफुमाथि शिक्षक न्यौपानेले हातपात गरेको बताउँदै सो विद्यालयका अभिभावक विरेन्द्र पाण्डेले आइतबार साँझ पत्रकार सम्मेलन गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology