देवदह । गोधुली बचत तथा ऋण सहकारी संस्था देवदह ८ को छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै देवदह सहकारी सञ्जालका अध्यक्ष जागेश्वर पङ्गेनीले कतिपय सहकारीहरुले उपभोक्तालाई झुठो आश्वासन देखाएर ठगी गरिएका घटनाहरू सार्वजनिक भएको उल्लेख गरे । उनले सहकारी संस्थाहरु नियम अनुसार चलेका छन् कि छैनन् भन्ने विषयमा निगरानी आवश्यक रहेको बताए ।
पङ्गेनीले सहकारीमार्फत सदस्यहरूले पाउने फाइदासँगै बचतको सुरक्षा, ऋणको सहज पहुँच र सदस्यको वित्तीय सशक्तिकरण पनि महत्वपूर्ण रहेको उल्लेख गरे ।
त्यसैगरी नमस्ते लुम्बिनी बहुद्देश्य सहकारी संस्थाका अध्यक्ष शंकर कुंवरले शेयर सदस्य न्यून रहेका सहकारीहरू एकिकरण गरि संचालन गर्नुपर्ने धारणा व्यक्त गरे ।
साधारणसभाको अवसरमा सहकारीले छात्रवृत्र् िकार्यक्रम अन्तर्गत ज्ञान ज्योति मावि र भुल्के माविलाई शैक्षिक सामाग्री वितरण गरेको थियो ।
उक्त अवसरमा सहकारीको रिक्त रहेका विभिन्न पदमा मनोनयन दर्ता गरी सर्वसम्मतबाट पदपूर्ति गरिएको छ । जस अन्तर्गत उपाध्यक्षमा लक्ष्मी क्षेत्री, सदस्यमा भूमिसरा राना र पदमा खाम्चा मगर चयन भएका छन् । निर्वाचन मण्डलमा संयोजक विजयरत्न पराजुली, सदस्य राम बहादुर थापा र दुर्गा कुमारी पोखरेल रहेका थिए ।
कोषाध्यक्ष गंगा बहादुर थापाले संस्थाको आर्थिक प्रतिवेदन र अर्जुन थापाले लेखा प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रम संस्थाका अध्यक्ष रमेश चन्द्र गैह्रेको अध्यक्षता, व्यवस्थापक केशव अधिकारीको स्वागत र सचिव वाल्मिकी पराजुलीको सञ्चालनमा भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology