देवदह । गोधुली बचत तथा ऋण सहकारी संस्था देवदहको पाँचौ साधारण सभा सम्पन्न भएको छ । जिल्ला सहकारी संघ रुपन्देहीका बरिष्ठ उपाध्यक्ष डोल प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र लेखासमितिद्धारा प्रस्तुत प्रतिवेदन पारीत गरेको छ ।
प्रतिवेदन अनुसार सहकारीले आर्थिक बर्ष २०८०/०८१ मा १७ लाख रुपैंया मुनाफा कमाउन सफल भएको छ । कुल पुँजी ९ करोड ४६ लाख १० हजार रहेको संस्थाले चालु आर्थिक बर्षमा कुल पुँजीमा करोड बृद्धि गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले खराव अवस्थामा रहेका केही सहकारीको कारण समग्र सहकारी अभियानलाई हेर्ने दृष्टिकोण धमिलिएको बताए । कार्यक्रममा ज्ञानज्योति माविका सह–प्राचार्य गोबिन्द प्रसाद तिवारी, संस्थाका सल्लाहकार बिजयरत्न पराजुली लगायतले शुभकामना मन्तब्य राख्दै सेयर सदस्यहरुलाई व्यवसायिक तालिम दिन सके आम्दानीका स्रोतहरु बढ्ने बताए ।
सोही अवसरमा सहकारीका जेष्ठ सेयर सदस्य, असल ऋणी, असल बचत कर्ता र सेयर सदस्य परिवारका जेहेन्दार बालबालिकाहरुलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष रमेशचन्द्र गैरेको अध्यक्षता, व्यस्थापक केशव अधिकारीको स्वागत र सचिव वाल्मीकि पराजुलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology