Logo

२०८३, श्रावण २७गते


images
images

मौसम

देशभर पश्चिमी वायूको प्रभाव : पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली

देशभर पश्चिमी वायूको प्रभाव : पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली

images
  • देशभर पश्चिमी वायूको प्रभाव  :  पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली
    images
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको प्रभाव रहेको जानकारी दिएको छ ।

    images
    images
    images

    हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

    images
    images
    images

    कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको साथै तराई भू-भागमा हुस्सु/कुहिरोको समेत सम्भावना रहेकोले सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन विभागले अनुरोध गरेको छ ।

    images
    images
    images

    आज दिउँसो र राति तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भू‍-भागका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

    कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।