देवदह । रुपन्देहीको देवदहमा सञ्चालित प्रथम टोलस्तरीय सेभेन साईड मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोलुवा शान्ति टोल विकास संस्थाले हात पारेको छ । सनिवार सम्पन्न फाईनल खेलमा प्रगति बजार टोल विकास संस्थालाई सून्यका विरुद्ध १ गोल गर्दै कोलुवाले उपाधी जित्न सफल भएको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा कोलुवाका अमृत सिंजालीले गरेको गोल निर्णायक बन्न पुग्यो । खेलको पहिलो हाफमा दुवै टिमले कुनैपनि गोल गर्न नसकेपछि खेल बरावरीमा सकिएको थियो । दोश्रो हाफको अन्तिम समयमा अमृत सिंजालीले प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।
उपाधी विजेतासंगै कोलुवाले नगद १५ हजारसंगै ट्रफी र मेडल प्राप्त गरेको छ । खेलमा उपविजेता प्रगति बजारले नगद १० हजारसंगै ट्रफी र मेडल प्राप्त गर्यो । प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा कोलुवा शान्ति टोल विकबास संस्थाका विवेक सिंजाली घोषित भए ।
विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दैै देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेलले यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिने बताए । उनले खेलको माध्यमबाट देवदहको पहिचान स्थापित गर्न सकिने बताउँदै खेलकुदको विकासका लागि नगरपालिकाले योजना अगाडि बढाईरहेको जानकारी दिए ।
नगर प्रमुख खरेलले देवदह नगरपालिकाले खेलाडी पहिचान तथा संरक्षणको लागि यही माघ महिनामा खेल महोत्सवको योजना अगाडि सारेको बताए ।
वडास्तरीय खेलकुद विकास समितिका्े आयोजना र देवदह नगरपालिका-५, को आर्थिक सहयोगमा प्रतियोगिता भएको हो । वडास्तरीय खेलकुद समितिका संयोजक नविन लुईटलको अध्यक्षता र संंस्कृति घर्तीको संचालनमा भएको समापन कार्यक्रममा नगर प्रवक्ता गणेश डुम्रे लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology