Logo

२०८३, श्रावण २७गते


images
images

अन्तर्राष्ट्रिय

भारत र पाकिस्तानले आदानप्रदान गरे आफ्ना आणविक क्षमताको सूची

भारत र पाकिस्तानले आदानप्रदान गरे आफ्ना आणविक क्षमताको सूची

images
  • भारत र पाकिस्तानले आदानप्रदान गरे आफ्ना आणविक क्षमताको सूची
    images
    images

    काठमाडौँ । भारत र पाकिस्तानले कूटनीतिक माध्यमबाट आफ्ना आणविक प्रतिष्ठान र सुविधाहरूको सूची आदानप्रदान गरेका छन् । 

    images
    images
    images

    भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै आणविक प्रतिष्ठान र सुविधा बारे पाकिस्तानसँग सूचना आदान प्रदान गरेको जानकारी दिएको हो ।

    images
    images
    images

    भारत र पाकिस्तान बीचको आणविक प्रतिष्ठान र सुविधाहरू विरुद्ध आक्रमण निषेध सम्झौता अन्तर्गत यी सुचना आदानप्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    यो सम्झौता डिसेम्बर ३१, १९८८ मा हस्ताक्षर गरिएको थियो र जनवरी २७, १९९१ मा लागू भएको थियो ।

    यसमा भारत र पाकिस्तानले प्रत्येक वर्ष जनवरी १ मा यस सम्झौताले समेटेका आणविक प्रतिष्ठान र सुविधाहरूको बारेमा जानकारी आदानप्रदान गर्ने व्यवस्था गरिएको छ । यो दुई देशहरू बीच लगातार यो सहित ३५औं पटक यस्तो आदानप्रदान भएको छ । यो सूची पहिलो पटक जनवरी १, १९९२ मा साझा गरिएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।