Logo

२०८३, कार्तिक २७गते


images
images

अंग्रेजी नयाँ वर्ष

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु

images
  • आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु
    images

    काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । नेपालसहित विश्वभर आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेको छ ।

    images
    images
    images

    ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को विदाइ र नयाँ वर्ष सन् २०२६ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।

    images
    images
    images

    इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

    images
    images

    नयाँ वर्ष मनाउन काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा जमघट भएर नयाँ वर्ष मनाइरहेका छन् । विश्वभर नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेर नयाँ बर्ष मनाइदैछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अंग्रेजी नयाँ वर्ष
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।