Logo

२०८३, आश्विन १०गते


images
images

काठ विक्रीमा आर्थिक अनियमितता भएको छैन : अध्यक्ष गौडेल 

काठ विक्रीमा आर्थिक अनियमितता भएको छैन : अध्यक्ष गौडेल 

images
  • काठ विक्रीमा आर्थिक अनियमितता भएको छैन : अध्यक्ष गौडेल 
    images
    images

    देवदह । देवदह ९ घोडाहास्थित प्रगति सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष चमाकान्त गौडेलले काठ बिक्रीको क्रममा कुनै आर्थिक अनियमितता र अपारदर्शी निर्णय नभएको बताएका छन् । बुधबार बनको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष गौंडेलले प्रक्रिया अनुसार नै काठ विक्री भएको बताएका हुन् ।

    images
    images
    images


    सामुदायिक बनको काठ विक्री गर्ने क्रममा अपारदर्शी ढंगले टेन्डर आह्वान गरिएको र सो क्रममा आर्थिक अनियमितता भएको भन्दै स्थानीय काष्ठ व्यवसायीहरूले आपत्ति जनाउँदै आएका छन् । स्थानीय व्यवसायी र उपभोक्ताहरूले आपत्ति जनाएपछि सो को बारेमा वडा कार्यालय र बन कार्यालयले ध्यानाकर्षण भएको जनाउँदै कागजपत्र मागेपछि आवश्यक कागजात पठाईएको र आफुहरू कहिँ पनि नचुकेको अध्यक्ष गौडेलले दावी गरे ।

    images
    images
    images


    यस अघिपनि बनबाट काठ चोरी हुँदै आएको र त्यसक्रममा आफुले लिएको एक्सनले केही व्यक्तिहरूलाई जरिवाना पनि गरिएको उल्लेख गर्दै अध्यक्ष गौंडेलले तस्करको आरोप लागेका व्यक्तिहरू आफ्नो चरीत्रहत्या गर्ने काममा सक्रिय रहेको जिकिर गरे ।

    images
    images
    images

    माघ ५, १० र १५ गते गरि पटकपटक बसेको समितिको बैठकले काठ बिक्री गर्ने निर्णय गरेको र सोही निर्णय अनुसार टेन्डर आह्वान गरेर काठ विक्रीको प्रक्रिया सुरु गरिएको उनको भनाई छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।