Logo

२०८३, श्रावण २७गते


images
images

काँग्रेस पदाधिकारी बैठक बस्दै, स्थानीय निर्वाचन, एमसिसी र सांगठनिक विषयमा छलफल हुने

काँग्रेस पदाधिकारी बैठक बस्दै, स्थानीय निर्वाचन, एमसिसी र सांगठनिक विषयमा छलफल हुने

images
  • काँग्रेस पदाधिकारी बैठक बस्दै, स्थानीय निर्वाचन, एमसिसी र सांगठनिक विषयमा छलफल हुने
    फाइल फोटो
    images
    images

    काठमाडौं  । नेपाली काँग्रेसका पदाधिकारीबीच आन्तरिक छलफल हुँदैछ । भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डामाथि बुधबार दिउँसो २ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा छलफल हुन लागेको हो, जसमा स्थानीय निर्वाचन, एमसीसी लगायत रहेका छन् ।

    images
    images
    images

    मंगलबार सभापति बाहेक पदाधिकारीहरुबीच भ्रातृ तथ शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी र स्थानीय तह निर्वाचनको तयारीका विषयमा पार्टी कार्यालय सानेपामा छलफल भएको थियो ।

    images
    images
    images

    आज सभापतिको उपस्थितिमा उक्त विषयमाथि थप छलफल हुन लागेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । उनले भने, ‘हिजोको छलफलमा सभापतिज्यू सहभागी हुनुहुन्थेन । हिजो छलफल भएका विषयको जानकारी गराउन २ बजे हामी बालुवाटार जाँदैछ । त्यसमा थप छलफल हुन्छ ।’ 

    images
    images
    images

    काँग्रेस म्याद सिकाएका भ्रातृ तथा शुभेच्छुक संस्थालाई अधिवेशन उन्मुख गराउने तयारी छ । त्यसका लागि नयाँ कमिटी ल्याउने कि वर्तमान कमिटीलाई अधिवेशन गराउने गरि समय थप्ने भन्नेमा छलफल भइरहेको छ ।

    यस्तै अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुनभित्र अधिवेशन गराउने काँग्रेसको तयारी छ । यता स्थानीय निर्वाचनको तयारीका लागि पार्टी पंक्ति परिचालन गर्ने विषयमा पनि छलफल भइरहेको महतले बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।