Logo

२०८३, श्रावण २७गते


images
images

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दै

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दै

images
  • काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दै
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दैछ । बुधबारदेखि शुरु भएको बैठक आजपनि बस्न लागेको हो ।

    images
    images
    images

    बैठक आज दिउसो १ बजेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    images
    images
    images

    बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभा अन्तर्गतको समानुपातिक उम्मेदवार चयन र महाधिवेशन सम्बन्धि महत्वपूर्ण निर्णय गर्ने बताइएको छ । बैठकमा महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर र क्रियाशील सदस्यताको विवाद छिटो टुंगाउने विषयमा समेत छलफल हुने बताइएको छ ।

    images
    images
    images

    विहिबारको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ, सदस्यहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह के.सी., प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर के.सी. र ज्ञानेन्द्रबहादुर कार्कीले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।