Logo

२०८३, आश्विन १०गते


images
images

बुटवल प्रदर्शनीमा अहिलेसम्मकै ठूलो भीड, एकै दिन ६० हजारले गरे अवलोकन

बुटवल प्रदर्शनीमा अहिलेसम्मकै ठूलो भीड, एकै दिन ६० हजारले गरे अवलोकन

images
  • बुटवल प्रदर्शनीमा अहिलेसम्मकै ठूलो भीड, एकै दिन ६० हजारले गरे अवलोकन
    images
    images

    बुटवल । रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा अहिलेसम्मकै सबैभन्दा ठूलो भीड देखिएको आयोजकले दावी गरेको छ । बिहीबार एकै दिन करिब ६० हजार अवलोकनकर्ता प्रवेश गरेपछि व्यवस्थापनमा चुनौती देखिएको आयोजकले जनाएको छ ।

    images
    images
    images

    समाचारमा जनाइए अनुसार बिहीबार बिहानैदेखि प्रदर्शनीस्थलको प्रवेशद्वारामा अवलोकनकर्ताको घुँइचो लाग्न थालेको थियो । दिनभर र साँझ अबेरसम्म गेट, स्टल र विभिन्न कार्यक्रमस्थल भरिभराउ देखिन्थे । पुस ३ गतेदेखि सुरु भएको प्रदर्शनी १७ गतेसम्म सञ्चालन हुने भएकाले बिहीबार दोस्रो बिदा परेकाले अवलोकनकर्ताको संख्या अस्वाभाविक रूपमा बढेको आयोजकको आकलन छ ।

    images
    images
    images

    संघका कोषाध्यक्ष विशाल वेलवासेले बिहीबार एकै दिन ६० हजार अवलोकनकर्ता प्रवेश गर्दा सबै क्षेत्रमा व्यवस्थापन चुनौतीपूर्ण बनेको बताए । प्रदर्शनी प्रबन्धक यादव भण्डारीका अनुसार अहिलेसम्मकै धेरै अवलोकनकर्ता एकैदिन प्रवेश गरेकाले टिकट काउन्टरदेखि स्टल र कार्यक्रमस्थलसम्म व्यवस्थापनमा दबाब परेको थियो । एकै दिन ठूलो संख्या आएकाले समस्या देखिए पनि थप जनशक्ति परिचालन गरेर व्यवस्थापन गरिएको उनको भनाइ छ । 'दिनभर र राति अबेरसम्म स्टलधनीहरूको कारोबार राम्रो भएको थियो ।' भण्डारीले भने विशेषगरी पर्यटनसम्बन्धी स्टलमा त टेक्ने ठाउँसमेत थिएन ।'

    images
    images
    images

     बालउद्यान क्षेत्रमा पनि उस्तै चाप देखिए पनि पूर्वतयारीका कारण व्यवस्थापन सम्भव भएको उनको दावी छ ।

    संघकी सचिव मन्जु भुसालका अनुसार बिहीबार नियमित काउन्टरबाहेक अलग्गै काउन्टरसमेत राखेर टिकट बिक्रीको व्यवस्थापन गरिएको थियो । सबै काउन्टरमा थेगिनसक्नु भीड भएपछि अतिरिक्त काउन्टरमार्फत करिब ८ हजार टिकट बिक्री भएको र नियमित काउन्टरमा राति अबेरसम्म टिकट बिक्री जारी रहेको उनले बताइन् ।

    यसअघि प्रदर्शनीको पहिलो सातामै करिब एक लाख अवलोकनकर्ता पुगेका थिए भने करिब ८ करोड रुपैयाँको कारोबार भएको थियो । बिहीबार थपिएको ठूलो भीड र बिक्रीको आधिकारिक विवरण संकलन भइनसकेको भए पनि कारोबारको अंक अहिलेसम्मकै धेरै भएको संघका द्वितीय उपाध्यक्ष तथा स्टल व्यवस्थापन तथा अनुगमन समितिका संयोजक युवराज आचार्यले बताए । 

    प्रदर्शनीमा स्वदेशी उत्पादनका स्टल मात्रै रहेको संघले जनाएको छ ।

    संघका महासचिव सुमन बस्यालका अनुसार प्रदर्शनीमार्फत प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताबीच सोझो सम्पर्क स्थापना गर्ने, स्वदेशी उत्पादनको बजार प्रवर्द्धन गर्ने, गुणात्मक प्रतिस्पर्धा विकास गर्ने तथा उद्योगीहरूबीच समस्या, अवसर र चुनौतीबारे छलफल गर्ने उद्देश्य राखिएको छ । साथै सूचना र प्रविधिको विकास, पर्यटन प्रवर्द्धन, गोष्ठी, अन्तरक्रिया र कार्यशालामार्फत अवलोकनकर्ता तथा उपभोक्ताको सुझाव संकलनसमेत भइरहेको जनाइएको छ । 

    ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको प्रदर्शनीमा विभिन्न विधाका १० वटा पेभिलियन निर्माण गरिएको छ । ३९ जिल्लाबाट सहभागिता रहेको यस प्रदर्शनीमा सबै स्वदेशी उद्योगका स्टल मात्रै रहेको संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले बताए । प्रदर्शनीमा ८ लाख दर्शकले अवलोकन गर्ने र करिब ३० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको प्रचारप्रसार संयोजक किरण खरेलको भनाइ छ । 

    प्रदर्शनीलाई थप आकर्षक बनाउन लोकदोहोरी प्रतियोगिता, ख्यातिप्राप्त गायक–गायिका, हास्य कलाकार र ब्याण्डका सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल र भजन प्रतियोगितालगायत सांस्कृतिक कार्यक्रम समेटिएको सांस्कृतिक उपसमितिका संयोजक लालप्रसाद बस्यालले जानकारी दिए ।  

    भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष मोदीको टोलीद्वारा प्रदर्शनी अवलोकन 

    यसैबीच, भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा आएको उद्योगी टोलीले पनि बिहीबार प्रदर्शनीको अवलोकन तथा अन्तरसंवाद गरेको छ । प्रदर्शनीको तयारीकै क्रममा उद्योग संघका प्रथम उपाध्यक्ष हरिबहादुर खत्रीको नेतृत्वमा संघको टोलीले भारतको उत्तर प्रदेशका विभिन्न औद्योगिक क्षेत्रका संस्थालाई भ्रमणको निमन्त्रणा दिएको थियो । सोही क्रममा यसअघि गोरखपुर औद्योगिक क्षेत्रको टोलीले प्रदर्शनी अवलोकन गरिसकेको थियो ।

    गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग बिहीबार उद्योग र पर्यटन क्षेत्रमा सहकार्य तथा सहज बजार व्यवस्थापनबारे अन्तरक्रिया गरिएको प्रचार संयोजक ई. किरण खरेलले जानकारी दिए । प्रदर्शनीमा देखिएको उत्साहप्रति भारतीय उद्योगीहरू खुसी देखिएका र नेपालमा उद्योग तथा पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने प्रतिबद्धता जनाइएको संघका कार्यसमिति सदस्य अखिलेश कसौधनले बताए ।

    गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीले आफूले सोचेभन्दा निकै ठूलो उत्साह नेपाली उद्योगी र अवलोककर्तामा देखिएको प्रतिक्रिया दिएका छन् । एकै प्रदर्शनीमा यति धेरै सहभागिता देख्दा नेपालमा उद्योग र पर्यटनको ठूलो सम्भावना देखिएको र अब सहकार्यका आधार खोजेर अघि बढ्न सकिने उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल प्रदर्शनी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।