Logo

२०८३, आश्विन १०गते


images
images

बुटवल प्रदर्शनी : सातामै एक लाखले गरे अवलोकन, ८ करोडको कारोबार

बुटवल प्रदर्शनी : सातामै एक लाखले गरे अवलोकन, ८ करोडको कारोबार

images
  • बुटवल प्रदर्शनी : सातामै एक लाखले गरे अवलोकन, ८ करोडको कारोबार
    images
    images

    बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीको पहिलो सातामै करिब एक लाख अवलोकनकर्ता पुगेका छन् भने करिब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आयोजक संस्था रुपन्देही उद्योग संघका कोषाध्यक्ष विशाल वेलवासेले पहिलो सातामै अपेक्षाभन्दा बढी अवलोकनकर्ता आएको र कारोबार उत्साहजनक रहेको जानकारी दिए । 

    images
    images
    images

    पुसको सुरुआतसँगै बुटवल क्षेत्रमा हुस्सु र शीतलहर बढे पनि त्यसले प्रदर्शनीप्रतिको चासो घटाउन नसकेको उनको भनाइ छ । पुस ३ गतेदेखि १७ गतेसम्म संचालन हुने १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा यसपटक स्वदेशी उत्पादनका स्टल मात्र समावेश गरिएको आयोजकले जनाएको छ ।

    images
    images
    images

    त्यसो त मौसमले मेलालाई प्रभावित बनाएको छ । चिसोका कारण उडान अवरुद्ध हुँदा केही राष्ट्रिय कलाकार चितवन हुँदै सडकमार्गबाट बुटवल आएका छन् । सांस्कृतिक उपसमिति संयोजक लालप्रसाद बस्यालका अनुसार पूर्वघोषित अधिकांश कलाकारलाई सहभागी गराउने गरी सांस्कृतिक कार्यक्रमको तयारी भइरहेको छ ।

    images
    images
    images

    संघकी सचिव मन्जु भुसालका अनुसार प्रदर्शनीमा महिला उद्यमीको उल्लेख्य सहभागिता छ र अवलोकनकर्ताको ध्यान विशेषगरी उनीहरूका उत्पादनतर्फ केन्द्रित देखिएको छ । अन्य स्टलको तुलनामा महिला उद्यमका स्टलमा बढी भीड देखिएको र बिक्री पनि राम्रो भइरहेको उनको भनाइ छ । घरेलु तथा सामूहिक उत्पादन, हस्तकला र संस्कृति संरक्षणसँग जोडिएका सामग्रीहरू महिला उद्यमीले प्रदर्शनीमा राखेका छन् ।

    प्रदर्शनीमार्फत प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापना गर्ने, उत्पादनको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धा विकास गर्ने उद्देश्य राखिएको अध्यक्ष कृष्णप्रसाद पराजुलीले बताए । उद्योगीहरूका समस्या, अवसर र चुनौतीबारे छलफल, सूचना तथा प्रविधिको आदानप्रदान, पर्यटन प्रवद्र्धन तथा गोष्ठी र कार्यशाला पनि निरन्तर सञ्चालन भइरहेको उनको भनाइ छ ।

    ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नारासहित सञ्चालन भइरहेको प्रदर्शनीमा १० वटा पेभिलियन निर्माण गरिएका छन् । ३९ जिल्लाबाट सहभागी स्वदेशी उद्योगले आफ्ना उत्पादन प्रदर्शन गरेका छन् ।

    प्रदर्शनीमा करिब ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोड रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य राखिएको प्रबन्धक यादव भण्डारीले जानकारी दिए । महासचिव सुमन बस्यालका अनुसार लोकदोहोरी प्रतियोगिता, ख्यातिप्राप्त गायक-गायिका, हाँस्य कलाकार, ब्याण्ड प्रस्तुति, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल र भजन प्रतियोगिताले प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाइएको छ ।

    प्रचार–प्रसार संयोजक इन्जिनियर किरण खरेलका अनुसार प्रदर्शनीका गतिविधि विभिन्न मिडिया र सामाजिक सञ्जालमार्फत नियमित रूपमा सार्वजनिक गरिँदै आएको छ । यसैबीच कृषि र पर्यटन प्रवद्र्धनका विषयमा नियमित अन्तरक्रिया र गोष्ठी पनि भइरहेको संयोजक डिल्लीनारायण पाण्डेयले बताए । 

    प्रदर्शनीको सुरुवातमै नेपाल पत्रकार महासंघले आयोजना गरेको फोटो प्रदर्शनीले पनि उल्लेख्य चासो पाएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल प्रदर्शनी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।