Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

बालेनले बढाए राजनीतिक सक्रियता : रास्वपाले स्पष्ट प्रस्ताव नदिए वैकल्पिक शक्ति निर्माण गरेर अगाडी बढ्ने तयारी

बालेनले बढाए राजनीतिक सक्रियता : रास्वपाले स्पष्ट प्रस्ताव नदिए वैकल्पिक शक्ति निर्माण गरेर अगाडी बढ्ने तयारी

images
  • बालेनले बढाए राजनीतिक सक्रियता : रास्वपाले स्पष्ट प्रस्ताव नदिए वैकल्पिक शक्ति निर्माण गरेर अगाडी बढ्ने तयारी
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन शाहले आफ्नो राजनीतिक सक्रियता बढाएका छन् । आफ्ना सहयोगी कुमार बेनको ललितपुरको कुपन्डोलस्थित घरमा विभिन्न राजनीतिक दलका नेताहरु, सामाजिक अभियन्ता र जेनजी नेताहरुसँग परामर्श गर्दै आफ्नो राजनीतिक सक्रियता बढाएका हुन् ।

    images
    images
    images

    बालेनले यसअघि सोमवार रास्वपा सभापति रवि लामिछानेसँग गरेको भेटपछि आफ्नो सक्रियता बढाएका हुन् । लामिछानेको भेटमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने विषयमा छलफल भएको दाबी गरिएपनि लामिछानेले आफुहरुको छलफल त्यहाँसम्म नपुगेको बताएका थिए ।

    images
    images
    images

    स्रोतका अनुसार लामिछानेले बालेनलाई स्पष्ट रुपमा कुनै किसिम प्रस्ताव नगरेको बताइएको छ । लामिछानेबाट स्पष्ट प्रस्ताव नपाएपछि समयको चापलाई मध्यनजर गर्दै बालेन आफ्नै किसिमले अगाडी बढ्न लागेको बुझिएको छ । यस क्रममा उनले बुधवार पनि काँग्रेस नेता चन्द्र भण्डारी, राप्रपा नेता ज्ञानेन्द्र शाहीसहित दर्जनभर स्वतन्त्र व्यक्ति र नेताहरुसँग छलफल गरेको पाइएको छ ।

    images
    images
    images

    यसैबीच आज पनि बालेनले उर्जा मन्त्री कुलमान घिसिङ, काँग्रेस नेता सुनिल शर्मा, जेनजी अभियन्ता सुदन गुरुङ, सागर ढकालसहितसँग छलफल गर्दैछन् भने रास्वपा सभापति लामिछानेसँग आज फेरी छलफल हुने बताइएको छ ।

    बालेनले रास्वपाले ठोस र स्पष्ट प्रस्ताव नदिएमा आफ्नै किसिमले वैकल्पिक शक्ति निर्माण गरेर अगाडी बढ्ने तयारी गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन
  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।