Logo

२०८३, श्रावण २७गते


images
images

नेपाली कांग्रेस

वडा र क्षेत्रको अधिवेशनपछि महाधिवेशन गर्न महामन्त्री थापाको प्रस्ताव

वडा र क्षेत्रको अधिवेशनपछि महाधिवेशन गर्न महामन्त्री थापाको प्रस्ताव

images
  • वडा र क्षेत्रको अधिवेशनपछि महाधिवेशन गर्न महामन्त्री थापाको प्रस्ताव
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वडा र क्षेत्रको अधिवेशनपछि महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

    images
    images
    images

    बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले महाधिवेशनको कार्यतालिकाका विषयमा नयाँ प्रस्ताव राख्दै वडा र क्षेत्रको अधिवेशनपछि सिधै महाधिवेशन गर्न प्रस्ताव गरेको प्रवक्ता डा. प्रकाश शरण महत्तले जानकारी दिएका हुन् ।

    images
    images
    images

    महामन्त्री थापाको प्रस्ताव छलफलमै रहेको र व्यावहारिक कार्यान्वयन गर्न नसकिने गरि प्रस्ताव पारित नगर्न सुझाव आएको महतले बताए । नेताहरुले बोल्नेक्रम जारी रहेकोले महाधिवेशनको विषय र राष्ट्रिय सभाको उम्मेदवार तथा प्रतिनिधि सभाको समानुपातिक सूची तयार गर्ने विषयमा भोली पनि छलफल हुने प्रवक्ता महतले जानकारी दिएका छन् ।

    images
    images
    images

    आजको बैठकपछि महामन्त्री थापाले बोल्दै महाधिवेशनको मुख्य मितिमा कुनै हेरफेर गर्न नपाइने भन्दै वडा र क्षेत्रको अधिवेशन गरेर महाधिवेशनमा जान सकिने प्रस्ताव आफुले बैठकमा राखेको बताए । साथै महामन्त्री थापाले नयाँ नेतृत्व नछानी काँग्रेस निर्वाचनमा नजाने बताउदै नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्ने स्पष्ट गरेका छन् ।  

    कांग्रेसले १५औ महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म गर्ने निर्णय गरेको छ । काँग्रेसको गाउँ/नगर वडा अधिवेशन पुस १६ गते, गाउँ/नगरपालिका अधिवेशन पुस १७ गते,  प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २१ गते , दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते र प्रदेश अधिवेशन पुस २३ र २४ गते हुने कार्यतालिका पारित गरिएको छ । त्यस्तै केन्द्रीय महाधिवेशन पुस २६, २७ र २८ गते काठमाडौंमा हुने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।