प्युठान । प्यूठानमा बेहुली लिएर फर्किदै गरेको जिप दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुर्घटनामा परि ६ जनाकाे मृत्यु भएकाे छ। बेहुलासहित ७ जना गम्भीर घाइते भएका छन्।
नाैबहिनी गाउँपालिकाकाे लुङबाट बेहुली लिएर गाैमुखी गाउँपालिकाकाे लिवाङ जाँदै गरेकाे ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाका अनुसार दुर्घटनामा घाइते भएकालाई जिल्ला अस्पताल पुर्याइएको छ। बेहुलाको घर नजिकै पुगेको बेला जिप दुर्घटनामा परेको थियो। जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको थियाे।
जिल्ला प्रहरी प्रमुख डिएसपी थापाका अनुसार बाटोमा झरेको पहिरोको कारण जिप दुर्घटनामा परेको हो। राती भएका कारण मृतक कसैको पनि सनाखत भइसकेको छैन
रातीको समय भएकाले विस्तृत विवरण आइनसकेको थापाले जानकारी दिए।
थप विवरण आउन बाँकी छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology