Logo

२०८३, आश्विन १०गते


images
images

सार्बजनिक ऋण

सार्बजनिक ऋण बढ्यो : सरकारले तिर्न बाँकी २७ खर्ब ८८ अर्बभन्दा बढी

सार्बजनिक ऋण बढ्यो : सरकारले तिर्न बाँकी २७ खर्ब ८८ अर्बभन्दा बढी

images
  • सार्बजनिक ऋण बढ्यो : सरकारले तिर्न बाँकी २७ खर्ब ८८ अर्बभन्दा बढी
    images
    images

    काठमाडौँ । मङ्सिरसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड पुगेको छ । 

    images
    images
    images

    सार्बजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको मङ्सिर मसान्तसम्मको ऋण प्रतिवेदन अनुसार सार्वजनिक ऋणमध्ये आन्तरिक १३ खर्ब एक अर्ब ६३ करोड र बाहृय १४ खर्ब ८६ अर्ब ९० करोड रहेको छ । 

    images
    images
    images

    गत असार मसान्तको तुलनामा मङ्सिर मसान्तसम्म तिर्न बाँकी सार्वजनिक ऋण एक खर्ब १४ अर्ब ४८ करोड थपिएको प्रतिवेदनमा उल्लेख छ । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो । 

    images
    images
    images

    यो सार्बजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातमा ४५.६६ प्रतिशत हो ।

    चालु आर्थिक बर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्बजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा पाँच महिनामा एक खर्ब ७८ अर्ब  १२ करोड ऋण प्राप्त भएको छ । बार्षिक लक्ष्यको तुलनामा  कुल सार्बजनिक ऋण प्राप्ति २९.४० प्रतिशत रहेको छ ।

    गएको पाँच महिनामा १ खर्ब ७५ अर्ब १२ करोड ऋण प्राप्ति हुँदा १ खर्ब ६७ अर्ब १ करोड ऋण भुक्तानी भएको छ । भुक्तानी भएको कुल रकममध्ये १ खर्ब ३८ अर्ब ३० करोड साँवा र बाँकी २८ अर्ब ७० करोड रुपैयाँ ब्याजका लागि खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सार्बजनिक ऋण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।