Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा पर्यटन विकास : के भयो ? के हुँदैछ ?

देवदहमा पर्यटन विकास : के भयो ? के हुँदैछ ?

images
  • देवदहमा पर्यटन विकास : के भयो ? के हुँदैछ ?
    images
    images

    विष्णु पोखरेल, देवदह । विश्वशान्तिका अग्रदुत महामानव गौतम बुद्धको मावली देवदह पुरातात्त्विक महत्त्वका दृष्टिकोणले जति महत्त्वपूर्ण छ, त्यति नै प्राकृतिक सुन्दरताले विशेष छ । ऎतिहासिक एवं मनोरम नगरी देवदहमा रहेका र पछिल्ला दिनमा विकास भएका पर्यटकिय गन्तव्यहरूको सूची लामै छ । 

    images
    images
    images


    देवदहमा गौतम बुद्धकी माता मायादेवी, मायादेवीको मृत्युपश्चात बुद्धलाई पालनपोषण गर्ने प्रजापति गौतमी तथा गौतम बुद्धकी पत्नी यशोधरासंग जोडिएका पुरातात्त्विक सम्पदाहरू रहेका छन् । जसको उत्खननको कार्य अझै सकिएको छैन ।

    images
    images
    images


    त्यसैगरी पछिल्ला दिनहरूमा देवदहमा बौद्धकालीन सम्पदाहरूको झझल्को दिने गरि पार्कहरू समेत निर्माण गरिएका छन् । अत्यधिक बनक्षेत्र रहेको देवदहमा 'एक सामुदायिक बन, एक पार्क' को अवधारणालाई समेत लागू गर्ने प्रयत्न हुँदै आएको छ । त्यसो हुन सके देवदह बुद्धको मावलीमात्रै नभएर 'पार्कहरूको नगर' ले समेत चिनिन सक्ने देखिन्छ ।

    images
    images
    images


    देवदहमा रहेका घुम्नैपर्ने स्थान र नगरपालिकाले पर्यटनको क्षेत्रमा पछिल्ला दिनहरूमा गरेका कार्यहरूबारे नगर प्रमुख र उप-प्रमुखसंग हामीले कुराकानी गरेका छौँ ।


    देवदहको माटो नै पवित्र छ : नगरप्रमुख खत्री


    स्थानीय सरकार गठन भएपछि पर्यटनको क्षेत्रमा प्रयाप्त काम भएको देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्री बताउँछन् । उनका अनुसार कतिपय योजना कार्यान्वयन भैसकेकेका छन् भने कतिपय योजना कार्यान्वयन्मुख छन् । 


    देवदहका रहेका घुम्नैपर्ने स्थानको चर्चा गर्दा नगर प्रमुख खत्रीले यहाँको माटो नै पवित्र रहेको र माटोलाई मात्रै स्पर्श गर्दा पनि आनन्दको अनुभुती हुने बताउँछन्  ।


    ऎतिहासिक रुपमा उत्खनन् गरिएका स्थानहरू भवानीपुर, कन्यामाई, बैरीमाई, खयरडाँडा, देवदह र पाँकरीबृक्षको सेरोफेरो घुम्नै पर्ने स्थान रहेको प्रमुख खत्री बताउँछन् । उल्लेखित स्थानमा उत्खनन् गरि प्राप्त गरिएका वस्तु अझैपनि देख्न सकिने गरि राख्न नसकिएको र त्यसको लागि नगरपालिकाले पहल गरिरहेको उनको भनाइ छ ।


    साथै, सरनबारी र माथागढी जोड्ने पैदल मार्ग निर्माण गर्ने योजना नगरपालिकाले बनाएको उल्लेख गर्दै प्रमुख खत्रीले देवदहका सामुदायिक बनलाई उद्यान र पार्कमा परिणत गर्ने नगरपालिकाको योजना रहेको बताउँछन् । यसको साथै यशोधरा पार्क निर्माण र केउलीमा रहेको 'पिकनिक स्पट' को स्तरोन्नति गर्ने कार्य नगरपालिकाको प्राथमिकतामा रहेको छ । उनका अनुसार सृष्टि सामुदायिक बन परिसरमा बुद्धमाया अन्तर्राष्ट्रिय शान्ति उद्यान एवं संग्राहलयको निर्माण गर्ने योजना समेत नगरपालिकाको रहेको छ । जहाँ देवदहमा उत्खननका क्रममा भेटिएका ऎतिहासिक बस्तुहरू समेत अवलोकन गर्न सकिने छ ।


    त्यसैगरी, प्रमुख खत्रीले बौद्धग्रन्थ त्रीपिटकमा समेत उल्लेख भएको रोहिणी नदिमा सिंचाई प्रयोजनका लागि विशाल जलाशय निर्माण भैरहेको बताउँदै ३६ सय मिटर लामो, कम्तिमा पनि ५५ मिटर चौडा र ३.५ मिटरको उचाईमा निर्माण हुँने उक्त बाँध परिसरमा तत्कालीन समयमा कोलिय र शाक्यले पानीलाई उपभोग गर्ने सवालमा भएको विवादलाई स्वयं गौतम बुद्ध उपस्थित भएर समाधान गरेको ऎतिहासिकता झल्किने गरि संरचना निर्माण गरेर नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताए । उक्त स्थानमा बोटिङ, साईक्लिङ लगायतका पर्यटकिय गतिविधि समेत गर्ने गरि विकास गरिने उनको भनाई छ ।

     

    थप कुराकानी गर्दै नगरप्रमुख खत्रीले लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनको क्याथरस सिटिमा लुम्बिनी गार्डेन परियोजना संचालन गरिरहेको उक्त कार्यमा लुम्बिनी सांस्कृतिक नगरपालिका, रामग्राम नगरपालिका, कपिलवस्तु नगरपालिकासंगै देवदह नगरपालिकाले समेत सहकार्य गरिरहेकोले स्पेन जस्तो विश्वका धेरै पर्यटन आउने देशबाट समेत देवदहमा पर्यटन आउने स्थिति बन्दै गरेको बताए ।

     

    देवदहलाई विश्व पर्यटनको गन्तव्य बनाउँन चाहान्छौं : नगर उप-प्रमुख गुरुङ


    देवदह नगरपालिकाकी उप-प्रमुख विद्यालक्ष्मी गुरुङ देवदहलाई विश्वमा चिनाउँन र विश्वभरीका पर्यटकको गन्तव्य बनाउँन नगरपालिका लागिपरेको बताउँछिन् । देवदह स्थानीय वा स्वदेशी पर्यटनको गन्तव्यमात्रै नभएर अन्तर्राष्ट्रिय गन्तव्य भएको उल्लेख गर्दै उपप्रमुख गुरुङले त्यसका लागि आवश्यक पुर्वाधार तयार भैरहेको बताईन् ।


    भवानीपुर, बैरीमाइ, कन्यामाइ, माथागढी, खयरडाँडा, सरनबारी लगायतका स्थान देवदहका पर्यटकीय गन्तव्य रहेको उल्लेख गर्दै उनले यशोधरा पार्क, गौतम बुद्ध राष्ट्रिय उद्यान लगायतका नयाँ गन्तव्य समेत थपिन्ने क्रममा रहेको बताईन् ।


    अवश्य पनि, देवदह एक महत्त्वपूर्ण पर्यटकीय क्षेत्र हो । यहाँ रहेका पुरातात्त्विक सम्पदाहरूको संरक्षण र नयाँ पर्यटकीय गन्तव्यको विकास गर्न सके यहाँको विकास हुन समय लाग्ने छैन ।


    त्यसो त, हामीसँग पर्यटकिय क्षेत्र छ भनेर मात्रै पनि भनेर हुँदैन । त्यसको प्रचारमा पनि उत्तिकै ध्यान पुर्याउन जरुरी छ । साथै यहाँ प्रवेश गर्ने पर्यटकहरू शान्ति सुरक्षा अनि स्तरिय सडकदेखि स्तरीय होटेलसम्मको अपेक्षा राख्छन् नै । शान्ती सुरक्षा र स्तरीय सडक संजाल निर्माणमा राज्य पक्ष र स्तरीय होटेल निर्माणमा यहाँको निजि क्षेत्रले थुप्रै काम गर्न बाँकी नै छ ।

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।