Logo

२०८३, आश्विन ११गते


images
images

अन्तर्राष्ट्रिय करातेमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई देवदहमा सम्मान

अन्तर्राष्ट्रिय करातेमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई देवदहमा सम्मान

images
  • अन्तर्राष्ट्रिय करातेमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई देवदहमा सम्मान
    images
    images

    देवदह । भारतको दिघामा मंसिर २७ र २८ गते सम्पन्न चौथो अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिता-२०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल देवदह वाडोरियो कराते-डो एकेडेमीका खेलाडीहरूलाई देवदहमा सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा देवदहका बालबालिका तथा किशोर खेलाडीहरूले नेपाल र देवदहको नाम उज्यालो पारेको भन्दै एकेडेमी, अभिभावक र स्थानीय सरोकारवालाले उनीहरूलाई सम्मान तथा बधाई दिएका हुन् ।

    images
    images
    images

    सम्मान कार्यक्रममा बोल्ने वक्ताहरूले सीमित साधनस्रोतका बीच पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देवदहका खेलाडीहरूले देखाएको आत्मविश्वास, अनुशासन र मेहनत प्रेरणादायी भएको बताए । खेलकुदले अनुशासन, नेतृत्व र राष्ट्रप्रेमको भावना विकास गर्ने भएकाले यस्ता प्रतिभालाई स्थानीय तहदेखि निरन्तर सहयोग र प्रोत्साहन आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो ।

    images
    images
    images

    प्रतियोगितामा देवदह वाडोरियो कराते–डो एकेडेमीका खेलाडीहरूले विभिन्न तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै चार स्वर्ण, पाँच रजत र एक कास्य पदक जित्न सफल भएका थिए । स्वर्ण पदक जित्ने खेलाडीहरूमा १० वर्ष मुनि महिला - २५ केजी तौल समूहकी अभिमा आले, १४ वर्ष महिला -४५ केजी तौल समूहकी ममता थापा, ११ वर्ष पुरुष -३० केजी तौल समूहका लेनिस बुढाथोकी र १५ वर्ष पुरुष -५० केजी तौल समूहका यज्ञ काफ्ले रहेका छन् । 

    images
    images
    images

    यस्तै, १४ वर्ष पुरुष -४५ केजी तौल समूहका बिप्लोभ गोतामे, १४ वर्ष पुरुष -५० केजी तौल समूहका प्रदीप बी.के. लगायतले रजत पदक हासिल गरेका थिए भने एक खेलाडीले कास्य पदक जितेका छन् ।

    प्रतियोगितामा भारत, नेपाल, भुटान, बंगलादेश र श्रीलंका सहभागी थिए । समग्र टोली नतिजामा नेपाल दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । देवदहका खेलाडीहरूको योगदानले नेपाली टोलीलाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ ।

    प्रतियोगितामा सहभागी खेलाडीहरू देवदह बुद्ध पब्लिक इङ्लिश बोर्डिङ हाई स्कुल, ग्रीन प्लान्ट इङ्लिश बोर्डिङ स्कुल, अन्नपूर्णा इङ्लिश बोर्डिङ स्कुल, सेभेन स्टार बोर्डिङ स्कुल, देवदह मदर टङ्ग एकेडेमी र केरवानी माविका विद्यार्थी हुन् । 

    टोली व्यवस्थापक तथा प्रशिक्षक सागर काफ्लेले खेलाडीहरूको सफलतामा निरन्तर अभ्यास, अभिभावकको साथ र विद्यालयको सहयोग निर्णायक रहेको बताए । प्रतियोगितामा मनिष रोका र अर्बिन गुरुङले रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कराते
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।