Logo

२०८३, आश्विन ९गते


images
images

दशौँ देवदह महोत्सव : व्यावसायिक संस्थासंग छलफल

दशौँ देवदह महोत्सव : व्यावसायिक संस्थासंग छलफल

images
  • दशौँ देवदह महोत्सव : व्यावसायिक संस्थासंग छलफल
    images
    images

    देवदह । दशौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारीका क्रममा आयोजक र अन्य व्यावसायिक संस्था बीच छलफल भएको छ । बिहीवार देवदहमा आयोजित छलफलमा मेलालाई थप व्यवस्थित र परिस्कृत बनाउने बारे विमर्श भएको जनाइएको छ । 
     
    छलफलमा बोल्दै आयोजक संस्था उद्योग व्यापार संघ देवदहका अध्यक्ष गणेश कुमार खातीले महोत्सव व्यवस्थापनमा मित्र संस्थाको अनुभव महत्वपूर्ण हुने बताए । विगतका वर्षमा मेला व्यवस्थापन गर्दा देखिएका चुनौती र त्यसको समाधानका सम्भावना बारे छलफल केन्द्रित रहेको उनले बताए । 

    images
    images
    images

    छलफलमा बोल्दै देवदह व्यापार संघका अध्यक्ष माधव ढकालले मेलाको गरिमा कायम राख्न विगतमा देखिएका समस्याको समाधान आवश्यक रहेको बताए ।  उनले स्थानीयसंगको समन्वय, शौचालय व्यवस्थापन, पार्किङ्ग व्यवस्थापनसहित सुरक्षाको विषयमा थप ध्यान दिनुपर्ने औंल्याए । 

    images
    images
    images

    गत वर्ष मेला संचालन गरेको व्यापार संघले सबै व्यवस्थापन गर्दागर्दै पनि केही समस्या देखिएको भन्दै उनले विगतबाट सबैले सिक्नुपर्नेमा जोड दिए । 

    images
    images
    images

    त्यसैगरी मेला संचालन गर्दै आएको अर्कों संस्था उद्योग वाणिज्य संघ देवदहका अध्यक्ष हरी भण्डारीले मेलामा हुने अमर्यादित गतिवधि रोक्न सबैको सहयोग आवश्यक हुने बताए । 'आयोजकले रोकेका केही गतिविधी मेलामा हुने गरेको स्थानीयको गुनासो छ ।'  उनले भने, 'त्यसलाई सम्बोधन गर्न आवश्यक रणनीति तय गर्नुपर्छ ।'

    छलफलमा बोल्दै उद्योग व्यापार संघ देवदहका संस्थापक अध्यक्ष तथा मेलाका प्रमुख सल्लाहकार गोविन्द ठडराईले जिल्लामै बुटवल र भैरहवा बाहिर पहिलोपटक देवदहमा मेला लागेको गौरवपूर्ण इतिहासलाई कायम राख्न आफुहरु प्रतिबद्ध रहेको बताए । 

    छलफलमा मेलाका प्रचारप्रसार संयोजक विष्णु पोखरेल, सचिवालय संयोजक विनिराम सोमै, आर्थिक संयोजक पदम पौडेल लगायतको उपस्थिति रहेको थियो । 

    यही पौष २३ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । 

    पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु‍¥याउँदै आएको आयोजकको भनाइ छ ।

    मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, डोरी तान्ने प्रतियोगितासंगै जलपरी अवलोकन, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोन लगायतका आकर्षक रहने जनाइएको छ । 

    स्थानीय तथा सांस्कृतिक खानाका होटलसहित २५० वटा स्टल रहने महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोवार हुने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।